Madhes Khabar
खेलकुद हेडलाइन

नारायणी रंगशालाको पुनर्निर्माण गर्न सरकारसंग सांसद यादवको माग

वीरगन्ज,१चैत:जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदिप यादवले वीरगन्जको नारायणी रंगशाला पुनर्निर्माण गर्न सरकारसँग माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै पर्सा क्षेत्र नम्बर १ का सांसदसमेत रहेका यादवले मन्त्रिमण्डल पुनर्गठन भएर नयाँ अर्थमन्त्री र युवा खेलकुद मन्त्री आएको भन्दै मधेस प्रदेशको गौरवको रुपमा रहेको ऐतिहासिक नारायणी रंगशालाकाे पुनर्निर्माणकाे काम अगाडि बढाउन माग गरेका हुन्।

दुई अर्ब ६४ करोडको लागतमा पुनर्निमाण गर्ने भनेर चार वर्ष अगाडि नै डिपीआर बनेको र दुई वर्षसम्म आंशिक रुपमा काम भएपनि बजेट अभावले रंगशाला पुनर्निर्माणकाे काम रोकिएको उल्लेख गर्दै यादवले बाँकी काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए ।‘केही वर्षअगाडि राष्टिय खेलकुद परिषद्ले डिपिआर बनाएको थियो, त्यो डिपिआर दुई अर्ब ६४ करोडको लागतमा पुनर्निमाण हुन्छ भनेर सरकारलाई जानकारी गराएको थियो । सरकारले सात करोड रुपैयाँ विनियोजनपनि गरेको थियो । टेण्डर पनि आह्वान गर्यो, तर हात्तीको मुखमा जिरा । चारवर्ष अगाडि सात करोड रुपैयाँ गएको, दुई वर्ष आंशिक निर्माण भएको र त्यसपछि बाँकी निर्माण अलपत्र परेको छ,’ उनले भने।

काठमाडौंको दशरथ रंगशालासँगै स्थापना भएको नारायणी रंगशाला पुनर्निर्माणको पर्खाइमा खण्डहर बन्दा खेलहरु हुन छाडेको उनको भनाइ थियो । ‘काठमाडौंको दशरथ रंगशालासँगै निर्माण भएको १८ विगा जग्गामा अवस्थित नारायणी रंगशालामा क्रिकेट र फुटबललगायत खेल हुन्छ । तर, अहिले खण्डहर बनेको कारणले खेलहरु सुकेको छ । क्रिकेट हुन्छ तर, फुटबल खेल हुँदैन,’ उनले भने।

यादवले रंगशालाको पुनर्निमाण गरेर क्षेत्रीय स्तरको रंगशाला बनाउन माग गरे । ‘अरु रंगशालामा सरकारको ध्यान छ । तर वीरगन्जमा ध्यान पुग्न सकेको छैन । अब पुनर्गठित मन्त्रिमण्डलमा नयाँ अर्थमन्त्री र युवा खेलकुदमन्त्री आउनुभएको छ । रंगशालाका लागि खेलकुदमन्त्रीले बजेट माग गर्ने र अर्थमन्त्रीले यसै वर्ष २ अर्ब निकासा गर्ने विश्वास छ,’ उनले भने ।

Related posts

पर्सा क्रिकेट संघको साधारण सभामा क्रिकेटकाे विकासमा याेगदान दिएकाहरु सम्मानित 

MadhesKhabar

प्याब्सन अन्तर विद्यालय क्रिकेट प्रतियोगिता सुरु, मेयर सिंहले गरे उद्घाटन

MadhesKhabar

१६ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा भारतसँग नेपाल पराजित

MadhesKhabar

Leave a Comment