Madhes Khabar
Uncategorized

सत्ता प्राप्ति मेराे लक्ष्य हाेइन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,२४फाल्गुन:प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै कांग्रेसले गठबन्धनको मानमर्दन गरेको बताएका छन् । उनले नयाँ सत्ता गठबन्धन बनाउनुको कारण खोतलेका छन् ।

उनले निर्वाचन आउन चारवर्ष बाँकी छँदै महासमिति बैठकमा बेमौसममा मानमर्दन गरेको उल्लेख गरे । ‘महासमितिको बैठकमा जसरी धर्मका नाममा हस्ताक्षर चलाइयो । त्यसले गर्दा कांग्रेसप्रति आशंका भयो’ प्रधानमन्त्री दाहालले भने,’मा‌ओवादी आन्दोलनको बिद्रुपीकरण गरियो ।’

उनले आफ्नो लक्ष्य सत्ता नभइ सुशासन र समृद्धि रहेको बताए । ‘मसँग दुई विकल्प थिए, औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएरै भएपनि आफ्नो राजनीतिक प्रतिबद्धताअनुसार, राष्ट्रनिर्माणमा लाग्ने ? मैले दोस्रो विकल्प रोजेँ,’ प्रधानमन्त्री दाहालले भने,’त्यो कति जोखिमपूर्ण थियो र छ, पछिल्ला दुई दिनका घटनाक्रमले देखाइरहेका छन् । अब यो कति परिणामुखी हुन्छ, त्यो पनि विश्वासको मत लिने बेलासम्म प्रारम्भिक रूपमा प्रमाणित भइसक्ने मेरो विश्वास छ ।’ साभार:इकान्तिपुर

Related posts

काँग्रेसले नपत्याएका गुप्ताले काँग्रेसकै उम्मेदवारलाइ दोब्बर मतले हराइदिए

MadhesKhabar

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपले पूरा गरे कीर्तिमानी १०० विकेट

MadhesKhabar

अभियन्ता सरार्फको पहलमा ॐ शान्ति जैसवाल ट्रेडर्स द्वारा नारायणी अस्पताललाई सहयोग ।

MadhesKhabar

Leave a Comment