Madhes Khabar
प्रविधि हेडलाइन

चल्न थाल्याे फेसबुक र इन्स्टाग्राम

काठमाडौं,२२फाल्गुन:फेसबुकको मातृ कम्पनी मेटाद्वारा सञ्चालित सामाजिक सञ्जालहरुमा एकसाथ देखिएकाे समस्या समाधान भएको छ । मंगलबार राति सवा ९ बजेदेखि करिब एक घण्टा मेटा प्लेटफमका फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा समस्या देखिएको थियाे ।

तीन वटै सामाजिक सञ्जालमा लगइन हुन सकेको थिएन भने प्रयोगकर्ताहरुले यसबारे अन्य सामाजिक सञ्जामार्फत तीव्र चासो व्यक्त गरेका थिए । डाउन डिटेक्टरमा रिपोर्टहरु सतहमा आउन थालेसँगै राति सवा ९ बजेको आसपासमा फेसबुक र थ्रेड्सहरू लोड भइरहेको देखिएको थिएन ।

यस्तै कैयन प्रयोगकर्ताका इन्स्टाका फिडहरु पनि रिफ्रेस हुन सकेको थिएन, मेटाले समस्या आएको बताएपनि के भएको हो भनेर यकिन जानकारी दिएको छैन । ‘हामी सचेत छौं कि प्रयोगकर्ताहरूलाई हाम्रा सेवाहरू प्रयोग गर्न समस्या भइरहेको छ। हामी अहिले यसमा काम गरिरहेका छौं, मेटाका प्रवक्ता एन्डी स्टोनले सोशल मिडिया साइट एक्समा मंगलबार भनेका छन् । उनको ट्वीटको केहीबेरमा समस्या समाधान भएर सम्बन्धित सबै सोसियल साइटहरु सुचारु भएका छन् ।

यसअघि सन् २०२१ मा पनि फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप ६ घण्टाभन्दा बढी समय अवरुद्ध भएको थियो । त्यस समयमा फेसबुक ब्याकबोन राउटरहरूमा कन्फिगरेसन परिवर्तन हुँदा समस्या आएको बताएको थियो ।साभार:राताेपाटीबाट

Related posts

सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

MadhesKhabar

ठाकुरराम क्याम्पस: हार्ने डर भएपछि पार्टीका नेताहरुले नै स्थगीत गराए स्ववियु निर्वाचन

MadhesKhabar

समाज सेवामा रुंगटा वेल फेयर सोसाइटी : छठमा गरिब विपन्न महिलाहरुलाई साडी वितरण

MadhesKhabar

Leave a Comment