Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जमा भइरहेको राम्रा काम नपचेकाहरुले महानगरलाई विवादित बनाउदै छन् :मेयर सिंह

वीरगन्ज, ८भदौ :वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले महिलाहरुलाई आत्मनिर्भर बनाउन महानगरले क्षमता अभिबृद्धिका कार्यक्रम विशेष प्राथमिकतामा राखेर गरिरहेको बताएका छन् ।

शुक्रबार वीरगन्जमा उमन स्किल सेन्टरको १० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्किल सेन्टरले गरिरहेको कामको सह्राना पनि गरे ।उनले स्किल सेन्टरसँग हातेमालो गर्दै वीरगञ्जका महिलाहरुलाई सक्षम र आत्मनिर्भर बनाउन कार्यक्रम संचालन गर्न आफू तयार रहेको बताए ।

‘महिला दिदी बहिनीहरुलाई आत्मनिर्भर बनाउन उनीहरुको क्षमता अभिबृद्धिका लागि आउनुस सँगै हातेमालो गरेर काम गरौँ,’ उनले भने , ‘नाम मात्रैको तालिम नभई योगदान दिन सकिने गरि क्षमता अभिबृद्धिको कार्यक्रम गरौँ, त्यसका लागि महानगर लगानी गर्न तयार छ ।’

फरक प्रसंगमा उनले वीरगन्जमा भइरहेको राम्रा काम नपचेकाहरुले महानगरलाई विवादित बनाएर काम गर्न नदिने षड्यन्त्रमा लागेको बताउँदै कसैले केही भनेको भरमा आफूहरुको वीरगन्ज बनाउन काम गर्ने रफ्तार नरोकिने स्पष्ट पारे ।

कार्यक्रममा स्किल सेन्टरले शारिरिक रुपमा असक्त ३ जनालाई ह्विल चेयर प्रदान गरिएको थियो ।
सेन्टरकी अध्यक्ष चञ्चला दासको सभापतित्वमा सम्पन्न कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, पूर्व अध्यक्ष सुबोध गुप्ता, उद्योगी अशोक टेमानी लगायतको सहभागिता रहेको थियो ।

Related posts

वीरगन्जको सम्मेलनमा देशभरबाट ७०० कानुन व्यवसायी महिला सहभागी हुदै

MadhesKhabar

व्याक्तिको कब्जामा रहेको जग्गा खाली गराउन वीरगन्ज महानगर सफल

MadhesKhabar

वीरगन्ज नाकामा रहेका दुवै भन्सार कार्यालयको राजस्व संकलन बढ्यो

MadhesKhabar

Leave a Comment