
बारा,२०फाल्गुन:भारतका विभिन्न तीर्थस्थल पुगेर फर्कने क्रममा बाराका एक तीर्थयात्रीको आइतबार बिहान मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार मृत्यु हुनेमा बाराकाे महागढीमाई नगरपालिका-६ लक्षुमनवा टोलका ७५ वर्षिय गणेशप्रसाद कुशवाहा रहेका छन्। करिब सयजनाको समूहसहित कुशवाह २५ दिनअघि धार्मिक यात्रामा भारत निस्किएका थिए।
भारतका विभिन्न तीर्थस्थल पुगी भारतको आदापुरबाट पैदल फर्किने क्रममा उनी कलैया उपमहानगरपालिका–१२ स्थित नेरा आधारभूत विद्यालयमा विश्राम गरेका थिए।शनिबार बेलुकी खाना खाएर सुतेका उनि आइतबार बिहान नित्यकर्म तथा पूजापाठ गरिसकेपछि बिरामी परेका थिए ।उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।
उनको शव प्रादेशिक अस्पताल कलैयामा राखिएको छ। उनको मृत्यु कसरी भयो भन्नेबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। रासस