Madhes Khabar
अर्थतन्‍त्र

तस्करी गरेर वीरगन्जमा ल्याइएको ५ हजार किलाे प्याज प्रहरीद्वारा बरामद

वीरगन्ज,१८फाल्गुन:भारतबाट तस्करी गरेर ल्याई वीरगन्जमा भण्डारण गरी राखिएको ठूलो परिमाणमा प्याज प्रहरीले बरामद गरेकाे छ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टाेलीले वीरगन्ज महानगरपालिका वडा नम्बर ८ मिनाबजारमा अनधिकृत रुपमा भण्डारण गरेर राखिएको अवस्थामा ५ हजार २२० किलोग्राम प्याज बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा खानतलासी गर्न पुगेको प्रहरीलाई देख्ने बित्तिकै प्याज भण्डारण गर्ने व्यक्ति फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए ।उनकाअनुसार १३३ बोरामा रहेकाे ५ हजार २२० केजी प्याज बेवारिसे अवस्थामा बरामद गरिएको हाे।बरामद प्याज आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको थापाले जानकारी दिए।
नेपाल सरकारले गत साउन १ गतेदेखि आलु र प्याजमा भ्याट लगाएपछि भारतबाट तस्करी गरेर प्याजकाे आयात हुने क्रम बढेकाे छ।

Related posts

सीमावर्ती बजार रक्साैलमा भारु भन्दा नेरु बलियाे

MadhesKhabar

वीरगन्जकाे आईसीपीका कर्मचारीको हड्ताल फिर्ता

MadhesKhabar

कृषि उद्यमी र किसानलाई प्रोत्साहित गर्न राष्ट्र बैंकका गर्भनर अधिकारीको निर्देशन

MadhesKhabar

Leave a Comment