Madhes Khabar
खेलकुद

नेपाल नामिबियासंग पराजित

काठमाडौं,१५फाल्गुन:नेपाल नामिबियासँग २० रनले पराजित भएको छ।टि–२० त्रिकोणीय सिरिजकाे पहिलाे खेलमा नामिबियासंग २० रनले पराजित भएको हाे।

नामिबियाको जितमा अन्तर्राष्ट्रिय टि–२० खेलमा सर्वाधिक छिटो शतकको रेकर्ड बनाएका जान निकोन लफ्टी–एटोन नायक रहे।

कुशल मल्लको ३४ बलमा शतकको रेकर्ड ब्रेक गर्दै उनले मंगलबारको खेलमा ३३ बलमा शतक प्रहार गर्दै ३६ बलमा १०१ रनको योगदान दिएका छन्।

यस्तै मलक क्रुजर ४८ बलमा ५९ रन बनाएपछि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले चार विकेटको क्षतिमा नेपालअघि २०६ रनको ठूलो स्कोर खडा गरेको थियो।

नेपालका लागि रोहित पौडेलले दुई, करण केसी र अविनाश बोहराले एक/एक विकेट लिनु सिवाय बाँकी बलरको निराशाजनक प्रदर्शन रह्यो।

२०७ रनको स्कोर पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रन बनाउँदै अलआउट हुनपुग्यो। जसमा नेपालका तर्फबाट दीपेन्द्रसिंह ऐरीले ३२ बलमा ४८, कप्तान रोहित पौडेलले २४ बलमा ४२, कुशल मल्लले २१ बलमा ३२ जोड्दा जितका लागि पर्याप्त हुन सकेन्।

नामिबियाका रुबन ट्रम्पम्यानले ४, बर्नार्ड स्कोट्ज, जान फ्रांकलिन र जान निकोन लफ्टी–एटोनले २/२ विकेट लिए।

यो त्रिकोणीय सिरिज नेपाल, नामिबिया र नेदरल्यान्डका बिच भइरहेको छ।

Related posts

नेपालसंग मलेसिया २५ रनले पराजित

MadhesKhabar

“खेली मधेस, जिती मधेस” भन्ने नाराका साथ पर्सा जिल्ला खेलकुद विकास समितिको प्रथम वार्षिक उत्सव

MadhesKhabar

वीरगन्ज महानगरले जितेकाे राष्ट्रपति रनिङ शिल्ड मेयर सिंहलाई हस्तान्तरण

MadhesKhabar

Leave a Comment