Madhes Khabar
राजनीति

महाधिवेशनको तयारीमा जुट्यो जसपा

काठमाडौं,१०फाल्गुनःजनता समाजवादी पार्टी नेपाल आगामी जेठमा हुने पार्टीको महाधिवेशनको तयारीमा जुटेको छ । बिहीबार पार्टी केन्द्रीय काार्यलय बालकुमारीमा बसेको पार्टीको कार्यकारिणी समितिको बैठकमा आगामी जेठ २८, २९ र ३० गते हुने पार्टीको महाधिवेशनबारे छलफल भएको पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। राजनीतिक समिति, केन्द्रिय समितिको बैठकले गरेका निर्णयहरूको कार्यान्वयनको बारेमा पनि बैठकमा समीक्षा भएको उनले बताए ।

‘केन्द्रीय कार्यकारिणी बैठकमा जेठ २८, २९ र ३० गते पार्टीको जुन ऐतिहासिक महाधिवेशन हुँदैछ, त्यसको तयारीका बारेमा छलफल हुँदैछ । राजनीतिक समिति, केन्द्रिय समितिको बैठक एक महिनाअघि बसेको थियो । त्यसले गरेको निर्देशहरु कार्यान्वयन गर्ने, महाधिवेशनका लागि विभिन्न प्रतिवेदनहरुको मस्यौदा समितिहरू बनाउने, भौतिक तयारीका कार्यक्रम छन्,’ बस्नेतले भने ।

उनले महाधिवेशनका लागि विभिन्न प्रतिवेदनहरूको मस्यौदा समितिहरू बनाउनेबारेमा पनि छलफल भएको बताए ।

Related posts

पर्सा-२ मा रास्वपाका कानु भारी मतान्तरले विजयी,पूर्वमन्त्री चाैरसिया तेस्रो स्थानमा सिमित

MadhesKhabar

रवि लामिछानेको सांसद पद निलम्बन

MadhesKhabar

महाधिवेशन रोक्नका लागि जसपा नेपालकै नेताहरु पुगे सर्वोच्च अदालत र निर्वाचन आयोग

MadhesKhabar

Leave a Comment