बारा,४फाल्गुन:बाराकाे जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघले पहिलो पटक ‘जीतपुर सिमरा महोत्सव’ आयोजना गर्न लागेको छ ।
जीतपुर सिमरा उपमहानगरपालिका–३ बजनीस्थित प्रदर्शनी स्थलमा फाल्गुन १८ गतेदेख आयोजना हुने महोत्सव समग्र मधेसको पर्यटन प्रवर्द्धनमा केन्द्रित हुने संघका अध्यक्ष मोहन शर्मा लामिछानेले बताए ।
‘कृषि पर्यटन, खेल उद्योग र व्यापार जीतपुर सिमरा बारा–मधेस समृद्धिको आधार’ भन्ने नारासहित फाल्गुन १८ देखि २९ गतेसम्म महोत्सव चल्ने छ ।
संघका अनुसार महोत्सवको आवश्यक तयारी भइरहेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य व्यापारिक केन्द्र जीतपुर र सिमराकाे मध्यभागमा आयोजना हुन लागेकाले महोत्सवले समग्र उपमहानगरका नागरिकलाई समेट्ने अध्यक्ष शर्माले बताए ।

