Madhes Khabar
अर्थतन्‍त्र

यातायात व्यवस्था कार्यालय ललितपुरका तत्कालीन प्रमुख सहित १७ जनाविरूद्ध मुद्दा दायर


मधेशखबर
असाढ ७ ,२०७९
यातायात व्यवस्था कार्यालय ललितपुरका तत्कालीन प्रमुख सहित १७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले तत्कालीन प्रमुखहरूसहित १२ कर्मचारी र ५ जना बिचौलियासहित १७ जनाविरूद्ध मंगलबार काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको हो।
कार्यालयका कर्मचारी र सिन्धुली फोटोकपी सेन्टरका सञ्चालक बाबुराम शर्माको सेटिङमा बिचौलियामार्फत् सवारी चालक अनुमति पत्र जारी हुने गरेको भन्ने समाचार बाहिरिएको थियो। त्यही आधारमा अख्तियारमा उजुरी परेको थियो।
त्यसपछि अख्तियारले तत्कालीन कार्यालय प्रमुखहरू सम्बरबहादुर कार्की र राजुभाइ कुस्माले भ्रष्टाचार गरेको खुलेको प्रवक्ता श्यामकुमार भण्डारीले बताए।
उनीहरूले आफ्ना कर्मचारीहरू र बिचौलियासँग मिलेर विविध कारणले नवीकरण नभएका तथा स्वतः रद्द भएका सवारी चालकको नाममा जारी भएको लाइसेन्स गैरकानूनी रूपमा नवीकरणको बाटोबाट ५३३ जना नयाँ व्यक्तिको नाममा जारी गरेर सरकारी कागजात सच्याएको आरोप छ।
अख्तियारले भ्रष्टाचार गरेको आरोपमा मेकानिकल इन्जिनियर विजयराज गिरी, सहायक स्तर (पाँचौं) कमल स्याङ्तान, सिनियर मेकानिक्स अच्युत प्रसाद फुँयाल, कम्प्युटर अपरेटरहरू प्रकाश कार्की, रेजु भट्टराई, रोसन राजभण्डारी, श्याम सुन्दर चौधरी, लक्ष्मी श्रेष्ठ, माया सेठी, रिचा श्रेष्ठविरूद्ध मुद्दा दायर गरेको छ।
त्यस्तै, बिचौलियाहरू हरिभक्त श्रेष्ठ, बाबुराम शर्मा भन्ने उद्धवबहादुर खत्री, दीपक विश्वकर्मा, गणेश अधिकारी र नरेन शाक्यविरूद्ध पनि मुद्दा दायर गरेको छ।
उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को अन्तर्गत मुद्दा दायर गरेको हो।

साभार सेतोपाटि

Related posts

मोतिहारी–अमलेखगञ्ज पाइपलाइनबाट ६ महिनामा भित्रियो २५ हजार ५०० किलोलिटर इन्धन

MadhesKhabar

श्रोत नखुलेको साढे २२ लाख रुपैया सहित दुइ जना वीरगन्जमा पक्राउ

MadhesKhabar

एकैदिन ताेलामा ७ हजार रुपैयाँले घट्याे सुनकाे मूल्य

MadhesKhabar

Leave a Comment