Madhes Khabar
मधेस प्रदेश

गाैरका मेयर साहको हत्या गर्न ३६ लाखमा सुपारी लिएका भारतीय ‘सुटर’ पक्राउ

राैतहट,१फाल्गुन:रौतहटको गौर नगरपालिकाका मेयर शम्भु साहको हत्या गर्न सुपारी लिएका सुटरलाई भारतबाट पक्राउ गरिएको छ।

मेयर साहकाे हत्या गर्न भारतको कुख्यात अपराधीलाई सुपारी दिइएको अनुसन्धानबाट देखिएपछि सुपारी लिने सुटरलाई भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले पक्राउ गरेको हो।

बाराको कलैयामा रहेको बाल एकता इंग्लिस बाेर्डिङ्ग स्कूलका संचालक तथा प्रिन्सिपल रुपेश सर्राफ हत्या प्रकरणमा पक्राउ परेका भारतीय सुटर सुजित सिंहले बयानका क्रममा गाैरका मेयर साहको हत्या गर्न चंचल पाण्डेले सुपारी लिएको प्रहरीलाई बयान दिएका थिए।

रुपेश हत्याकाण्डमा मनोज गुप्ता, अरुण यादव तथा सुजित सिंह लगायतका अपराधीहरू पहिले नै पक्राउ परिसकेको र हत्याको मुख्य अभियुक्त चंचल पाण्डे रहेको खुल्न आएपछि प्रहरीले पाण्डेको खोजी थालेको थियो।

रुपेश हत्याकाण्डमा पक्राउ परेका सिंहले मेयर साहको हत्या गर्न ३६ लाखमा ‘डिल’ भएको र पाण्डेले आधा रकम लिइसकेको अनुसन्धानको क्रममा खुलासा गरेका थिए।

रुपेश हत्याकाण्डमा पक्राउ परेका सिंहपछि प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा रहेका पाण्डे भारतको तमिलनाडुमा लुकेर बसेको जानकारीपछि नेपाल प्रहरी र तमिलनाडु प्रहरीले संयुक्त अपरेसन थालेको थियो। संयुक्त अपरेसनमा पक्राउ परेका पाण्डेलाई नेपाल ल्याएर गहन अनुसन्धान थालिने बताइएको छ।

गौर नगरपालिकाकाे मेयरमा निर्वाचित भएपछि झन् लोकप्रिय बनेका साहको हत्या गराउन पाण्डेलाई कसले रकम उपलब्ध गराएको हो भन्ने खुलिसकेकाे छैन्।

प्रहरीले मेयर साहको हत्याको योजना बनाउने तथा हत्या गर्न रकम डिल गरी १८ लाख रुपैयाँ अपराधीलाई समेत बुझाउने व्यक्ति वा गिरोहको केही दिनमै भन्डाफोर हुने बताएकाे छ।

यसबारे गाैरका मेयर साहले आफू अलिकति पनि विचलित नभएको र प्रहरीले आफ्नो काम गरिरहेको प्रतिक्रिया दिए।साभार:नागरिकबाट

Related posts

वीरगन्जको भेडाहा खोलाको बाँध निर्माणमा उपभोक्ता समिति मालामाल

MadhesKhabar

संघ सरकारसंग मुख्यमन्त्री यादवको आग्रह : मधेसमा फेरि चापाकल सुक्न थाले, सहयोग गर्नुस्

MadhesKhabar

वर्षौदेखि अनागरिकको पिडा भोगेका इन्द्रजितका चारै दाजुभाइले पाए नागरिकता

MadhesKhabar

Leave a Comment