Madhes Khabar
स्थानिय

पर्सामा ट्राफिक प्रहरीद्वारा ६ महिनामा १ कराेड २ लाख राजश्व संकलन

वीरगन्ज,२९माघ:जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको पहिलाे ६ महिनाको अवधिमा एक करोडभन्दा बढी राजस्व संकलन गरेको छ।

ट्राफिक नियम उल्लंघन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी गत साउनदेखि पुषसम्म एक करोड दुई लाख ५१ हजार राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए।

पछिल्लो ६ महिनाकाेअवधिमा विभिन्न किसिमका १० हजार आठ सय २० वटा सवारीमाथि कारबाही गरिएको खतिवडाले जानकारी दिए।

 

गत आर्थिक वर्ष २०७९/८० मा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले ट्राफिक नियम उल्लंघन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी तीन करोड ४२ लाख ६५ हजार राजस्व संकलन गरेको थियो।

ट्राफिक चेकजाँचमा गरिएको कडाइका कारण राजस्व सङ्कलनमा वृद्धि भएको प्रहरी निरीक्षक खतिवडाको भनाइ छ।

यस्तै, पछिल्लो ६ महिनाकाे अवधिमा पर्सा जिल्लामा भएको तीन सय २६ सवारी दुर्घटनमा २७ जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार यस अवधिमा भएका सवारी दुर्घटनामा परी ७५ जना गम्भीर घाइते भएका छन्।

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।रासस

Related posts

लिपुलेक नेपालको भूमि हाे, चीन र भारतले गरेकाे सहमतिप्रति हाम्राे आपत्ति छ : गृहमन्त्री लेखक

MadhesKhabar

वीरगन्जमा कर्फु यथावत,दोषीलाई कारबाही र मदरशासहितका धार्मिक संस्थामा अनुगमन गर्ने सहमति

MadhesKhabar

पर्सा जिल्लामा सुरक्षाका दृष्टिकोणले ६२ वटा मतदानस्थल ‘अतिसंवेदनशील’

MadhesKhabar

Leave a Comment