Madhes Khabar
धर्म/संस्कृति

९ दिने श्री विष्णु महायज्ञको लागि वीरगन्जमा निकालियाे भव्य कलश यात्रा

वीरगन्ज,२७माघ:वीरगन्ज-१४ पिपरास्थित वीरगन्ज चिनी मिल परिसरमा आइतबारदेखि सुरु हुन लागेको श्री सीताराम नाम संकिर्तन महायज्ञ १०८ कुञ्च एंव ९ दिने श्री विष्णु महायज्ञको एकदिन पहिले शनिबार भव्य कलश यात्रा निकालिएको छ।

महायज्ञ व्यवस्थापन समिति पिपराकाे आयाेजनामा निकालिएको भव्य कलश यात्राले वीरगन्जका विभिन्न टाेलकाे परिक्रमा गर्ने क्रममा स्थानीयले स्वस्फूर्त रुपमा सहभागीता जनाएका थिए।

चिनी मिलकाे पशुपतिनाथ मन्दिर प्राङ्गणमा आइतबारदेखि विधिवत रुपमा सुरु हुने महायज्ञकाे उपराष्ट्रपति रामसहाय यादवले समुद्घाटन गर्ने कार्यक्रम छ।

 

आइतबारदेखि विधिवत सुरु भई फागुन८ गतेसम्म चल्ने महायज्ञमा प्रमुख प्रवचक तथा कथा वाचक साध्वी लक्ष्मी माता रहने महायज्ञका संरक्षक श्री श्री १००८ श्री जगत नन्दन दास महराज(पगला बाबा) ले जानकारी गराए ।

उनका अनुसार महायज्ञमा १०८ कुञ्जमा १०८ वटा मण्डलीले अखण्ड पूजापाठ तथा कीर्तन गर्ने कार्यक्रम छ ।महायज्ञमा रामचरितमानस पाठ प्रवचन, रामलीला, रासलीला, रामायण पाठसहितका कार्यक्रमहरुपनि हुनेछन्।

९ दिनसम्म सञ्चालन हुने महायज्ञमा दैनिक १० हजार श्रद्धालु भक्तजनका लागि भण्डाराको व्यवस्था गरिएको महायज्ञ व्यवस्थापन समितिले जनाएको छ ।

Related posts

वीरगन्जबासी आपसमा मिलेर बसेका छौं भन्ने सन्देश दिन ‘सदभाव रयाली’ निकालिएको हो : मेयर सिंह

MadhesKhabar

रमजान पर्ब मनाउन पर्सा,बारा र रौतहटका ५०० मुस्लिम परिवारलाई खाद्य सामाग्री सहयोग

MadhesKhabar

आज मधेसी समुदायमा भइया दुज पर्ब मनाइदैं

MadhesKhabar

Leave a Comment