Madhes Khabar
धर्म/संस्कृति

रमजान पर्ब मनाउन पर्सा,बारा र रौतहटका ५०० मुस्लिम परिवारलाई खाद्य सामाग्री सहयोग

वीरगन्ज,१८चैत:पर्सा,बारा र रौतहटका पाँच सय मुस्लिम धर्मावलम्बी परिवारलाई रमजान पर्ब मनाउनका लागि टर्कीको एक संस्थाको आर्थिक सहयोगमा ह्युमन डेभलोपमेन्ट नेपालले खाद्यान्न सामाग्री वितरण गरेको छ ।

टर्किस कोडिनेशन एण्ड कर्पोरेसन एजेन्सी (टिका) को आर्थिक सहयोगमा ह्युमन डेभलोपमेन्ट नेपालले तीन वटै जिल्लाका गरिब,विपन्न र एकल महिलालाई खाद्यान्न सामाग्री वितरण गरेको हो । पाँच सय परिवारलाई जनही चालम २५ केजी, पिठो ५ केजी, दाल २ केजी , चिनी २ केजी, खानेतेल २ लिटर र खजुर आधा केजीका दरले वितरण गरिएको ह्युमन डेभलोपमेन्ट नेपालका अध्यक्ष अरमान हासमीले जानकारी दिए ।

यसैक्रममा शनिबार वीरगन्ज महानगरपालिका वडा नम्बर २३ मा ११६ परिवारलाई , वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ मा १२९ परिवार , पर्सागढी नगरपालिकामा १०१ परिवारलाई खाद्य सामाग्री वितरण गरिएको हासमीले बताए । तीन वटै जिल्लामा गरि पाँच सय परिवारलाई ती सामाग्री वितरण गरिएको उनले बताए ।

अहिले मुस्लिम धर्मावलम्बीहरुको पवित्र पर्ब रमजान चलिरहेको बेला मुस्लिम समुदायका विशेषगरी आर्थिक अवस्था कमजोर भएका, एकल महिला , असहायहरुलाई लक्षित गरी रमजान पर्ब मनाउनका लागि सहयोग स्वरुप खाद्य सामाग्री वितरण गरिएको हासमीले बताए ।

Related posts

मधेस चिनाउँदै ‘झिंझिया’

MadhesKhabar

पशुपतिनाथकाे भेटी चाेरी, ७ कर्मचारीसहित ८ जना पक्राउ

MadhesKhabar

धार्मिक सहिष्णुता बिथोल्न खोज्नेलाई कारबाही गर्न वीरगन्जका मुस्लिम अगुवाहरुको माग

MadhesKhabar

Leave a Comment