Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

वीरगन्जबासी आपसमा मिलेर बसेका छौं भन्ने सन्देश दिन ‘सदभाव रयाली’ निकालिएको हो : मेयर सिंह

वीरगन्ज,८असोज : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले धर्मकै नाममा विभेद गरेर समाजमा कलह र हिंसा पैदा गर्न खोज्नेहरुदेखि वीरगन्जबासी सचेत छन् भन्ने सन्देश प्रवाह गर्नका लागि ‘सदभाव रयाली’ निकालिएको बताएका छन् ।

सोमबार वीरगन्जमा निकालिएको ‘सदभाव रयाली’ पछि जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएपछि आयोजित कोणसभामा बोल्दै मेयर सिंहले यस्तो बताएका हुन् ।उनले भने, ‘हामी वीरगन्जबासी एकदम सचेत छौँ र हामी एकआपसमा मिलेर बसेका छौँ भन्ने सन्देश हामीले यस रयालीबाट दिन खोजेका हौँ ।’

पछिल्लो समयमा धार्मिक गतिविधिको नाममा उच्छृंखलता बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे । मेयर सिंहले समाजलाई भाँड्ने तत्वहरुको पहिचान गरेर प्रशासनले कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।उनले भने,‘ यदि त्यस्ता व्याक्तिहरुलाई प्रशासनले कानूनी दायरामा ल्याएर कारबाही गरेन भने वीरगन्जवासी आफैंले त्यस्ता उच्छृंखल व्याक्तिहरुलाई पहिचान गरेर रामधुलाई गर्नेछन् ।

मेयर सिंहले धर्मको नाममा समाजमा द्वेष फैलाउन खोज्नेहरु दुईचार जनामात्रै रहेकोपनि बतााए ।हिन्दु–मुस्लिमबीच द्वन्द्ध गराउने खालका गतिविधिप्रति सचेत रहन उनले वीरगन्जवासीसंग आग्रहपनि गरे । उनले सबै धर्मको लक्ष्य भनेकै समाजमा शान्ती कायम गर्ने भएको धारणा राखे ।

 

 

Related posts

रौतहटकोे सबगढवामा दुई फरक धर्मका समुदायबीच झडप,स्थिती नियन्त्रणमा लिन सेना परिचालन

MadhesKhabar

पर्सा २ मा चौरसियाको जनलहर : एमालेका प्रभावशाली युवा नेताहरु काँग्रेसमा प्रवेश

MadhesKhabar

गर्मीका कारण वीरगन्ज महानगरका विद्यालयहरु तीन दिनका लागि बन्द

MadhesKhabar

Leave a Comment