Madhes Khabar
राष्ट्रिय

तत्काल पानी पर्ने सम्भावना छैन : माैसमविद्

काठमाण्डाैं,२५माघ:देशभर तत्काल पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, गण्डकी प्रदेशलगायत देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली रहे पनि आउँदो तीन दिनसम्म देशभर वर्षाको सम्भावना नरहेको मौसमविद् सरोज पुडासैनीले बताए।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको र काठमाण्डौ उपत्यकासहित बाँकी क्षेत्रको मौसम भने सफा रहने उनले बताए ।

काठमाण्डौ उपत्यकामा बिहीबार बिहानको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस रहेको छ। दिउँसोपख अधिकतम तापक्रम १८ देखि २० डिग्री पुग्न सक्ने महाशाखाको अनुमान छ। केही दिनयतादेखि काठमाण्डौको उपत्यकाको अधिकतम तापक्रम बढ्दै गएको मौसमविद् पुडासैनीले बताए।

यस्तै, जुम्ला, जोमसोम र जिरीको न्यूनतम तापक्रम माइनसमा पुगेको छ। बिहीबार दोलखाको जिरीको तापक्रम माइनस ३ दशमलव ५, मुस्ताङको जोमसोमको माइनस २ र जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ४ डिग्री रहेको छ ।

Related posts

उपराष्ट्रपति यादव आज चीन जाँदै

MadhesKhabar

टिकटक बन्द गर्ने सरकारकाे निर्णय गलत छ : कांग्रेस महामन्त्री थापा

MadhesKhabar

हनिट्रयाप प्रकरण : इन्स्पेक्टर बिनु शाहीविरुद्ध पक्राउ पुर्जी जारी

MadhesKhabar

Leave a Comment