Madhes Khabar
राष्ट्रिय

हनिट्रयाप प्रकरण : इन्स्पेक्टर बिनु शाहीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं,३०असोजःप्रहरी निरीक्षक ( इन्स्पेक्टर) बिनु शाहीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । उनीविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको ललितपुरका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।भैँसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको घटनाबारे अनुसन्धान गर्न ललितपुर जिल्ला अदालतले शाहीलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा एक जना सहायक हवलदार सहित ४ जना थुनामा छन् । थुनामा हुनेमा सुस्मा बिक र इटहरी घर भएका ताज मुल इस्लाम, भिमादेवी थापा र सहायक हवलदार महेन्द्र हमाल रहेका छन् ।

घटनामा संलग्न इटहरी घर भएका दर्शन पोखरेल फरार छन् । उनीहरूविरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।

ललितपुरको सानागाउँमा घरजग्गा कारोबारीबाट उक्त समूहले ३० लाख रुपैयाँ असुलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुई पटकमा २० लाख नगद भिमादेवी थापाको खातामा जम्मा भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आफूसँग रकम असुल्न प्रहरी प्रभाग भैँसेपाटीकी इन्स्पेक्टर बिनु शाही पनि मिलेको ती व्यवसायीले आरोप लगाएका छन् । यसअघि गृह मन्त्रालयले शाहीलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

धनकुटा घर भएर इटहरी बस्ने १९ वर्षीया सुस्मा बिकले असोज ६ मा भैँसेपाटी प्रभागमा आफूलाई एक पुरुषले गालीगलौज र धाकधम्की दिएको भन्दै उजुरी दिएकी थिइन् । त्यसपछि घटनाले नयाँ मोड लिएको थियो ।साभारः रातोपाटी

Related posts

नेपालले भारतसंग माग्यो १ लाख टन चामल

MadhesKhabar

रास्वपा सभापति रवि लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी

MadhesKhabar

रास्वपा सभापति रवि लामिछाने पक्राउ परे

MadhesKhabar

Leave a Comment