Madhes Khabar
समाचार

खाना खाँदा भात अड्किएर मृत्युु

चितवन,२३माघ:चितवनमा एक व्यक्तिको भात अड्किएर मृत्यु भएको छ ।

रत्ननगर नगरपालिका वडा नम्बर ६ शान्तिटोल घर भएका ६८ वर्षका आइतराम कुमालको सोमबार बेलुका खाना खाने क्रममा घाँटीमा भात अड्किदा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब श्रीराम भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार बेलुकाको खान खान लाग्दा कुमालको घाँटीमा भात अड्किएको थियो । भात अड्किएर बेहोस भएका उनलाई सोमबार बेलुका नै भरतपुर अस्पताल ल्याएपछि डाक्टरले मृत घोषित गरेका हुन् ।साभार:नेपालप्रेस

Related posts

वीरगन्ज क्षेत्रको विद्युत् आपूर्ति सुधार्न तीन वटा सबस्टेसन निर्माण अन्तिम चरणमा 

MadhesKhabar

इन्जिनियरको चुनावमा कांग्रेस निकटका उम्मेदवारहरु निर्वाचित (मत परिणामसहित)

MadhesKhabar

निजामती कर्मचारी संगठन मधेस प्रदेशकाे उपाध्यक्षमा पर्साका कुशवाहा निर्वाचित

MadhesKhabar

Leave a Comment