Madhes Khabar
स्थानिय

पर्साकाे ग्रामीण भेगमा हात्ती र बाघकाे आतंक

वीरगन्ज,११माघ:पर्साको पटेर्वासुगौली गाँउपालिकम वडा नम्बर १ भाथा टोलमा जंगली हात्तीले आतंक मच्चाएको हो ।

बुधबार राति जंगलबाट गाँउ छिरेकाे हात्तीले भाथा टाेलमा स्थानीयकाे घर र मन्दिरमा आक्रमण गरी क्षतिसमेत पुर्याएकाे छ।हात्तीले स्थानीय श्याम सुन्दर महतोको कच्ची घर, वडा नम्बर ३ निवासी ध्रुब सहनीको घर, रमेश चौधरीको फुसको घर, सहदेव चौधरीको ब्लकको घर र रामपुरमा रहेको रामजानकी मन्दिरमा आक्रमण गरी भत्काएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए ।

राति सुतिरहेको समयमा अचानक बाटो बिराएर जंगलबाट आएको हात्तिले घर भत्काएको उनको भनाई छ । प्रहरी निरीक्षक केशरीका अनुसार हात्तिले धान, चामल पनि खाएको छ ।

बुधवार राति नै पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ खजुरियास्थित बुधन यादवको गाइगोठमा बाघले आक्रमण गरेको छ । आक्रमणमा एउटा गाई गम्भिर घाइते भएको प्रहरी निरीक्षक केशरीले बताए ।

स्थानीयले होहल्ला गरेपछि आगो बालेर बाघलाइ धपाइएको प्रहरीले जनाएको छ ।

Related posts

प्रेस युनियनको स्थापना दिवसकाे उपलक्ष्यमा वीरगन्जमा दीप प्रज्वलन

MadhesKhabar

वीरगन्ज : मनोज ग्यासको सिलबन्दी सिलिण्डरमै भेटियो ४ किलो कम ग्यास

MadhesKhabar

कलैया उपमहानगरपालिकामा सेनिटरी प्याड खरिदमा ५२ लाख भ्रष्टाचार,विशेष अदालतमा मुद्दा दायर

MadhesKhabar

Leave a Comment