वीरगन्ज,६माघ:सशस्त्र प्रहरी दिवसको अवसरमा वीरगन्जमा आयाेजित मैत्रीपूर्ण भलिबल खेलमा नेपाल प्रहरीले सशस्त्र प्रहरीलाई पराजित गरेकाे छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले शनिबार आयाेजना गरेकाे मैत्रीपूर्ण भलिबल खेलमा नेपाल प्रहरीले सशस्त्र प्रहरीलाई ३-२ काे साेझाे सेटमा हराएको हाे ।
विजेता र उपविजेता टिमका खेलाडीलाई पर्साका सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्यले शील्ड र मेडल प्रदान गरे ।
सशस्त्र प्रहरी दिवसकै उपलक्ष्यमा शनिबार नै सशस्त्र प्रहरीले वीरगन्ज १४ चिनिमिल परिसरमा रहेकाे पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइपनि गरेकाे सशस्त्र प्रहरी उपरीक्षक कर्मचार्यले जानकारी दिए।

