Madhes Khabar
मधेस प्रदेश

गढीमाईमा स्यालको टोकाईबाट एक दर्जन मानिस घाइते

वीरगन्ज,०६माघःरौतहटको गढीमाई नगर क्षेत्रमा स्यालको टोकाइबाट एक दर्जन मानिस घाइते भएका छन्।गढीमाई नगरपालिका वडा नम्बर ७ का स्थानीय गोठालाहरू घाँस काट्न बिहीबार साँझ गाउँ छेउ खेतमा गएको बेला उखु घारीबाट एक्कासि आएको बहुला स्यालले आक्रमण गरी एक दर्जन मानिसलाई घाइते बनाएको हो।

स्यालको टोकाई बाट वडा नम्बर ७ का ७० वर्षिय महेन्द्र महतो, ४५ वर्षिया मन्तोरिया देवी, ६० वर्षिया तेतरी खातुन, ४० वर्षिया जयबुल खातुन, १५ वर्षिया मनिषा कुमारी, ५५ वर्षिया उषा देवी, २७ वर्षिय रामाविनय बैठा, ३५ वर्षिया दुखीया देवी, ३० वर्षिया बिना देवी, ९वर्षिय श्रावण कुमार, ७२ वर्षिया सिकीलावा देवी, ७० वर्षिय जयल मुखिया लगायत घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

घाइते मध्येकी तेतरी खातुनलाई प्रादेशिक अस्पताल गौरमा सामान्य उपचार पछि थप उपचारको लागि वीरगन्जको नेशनल मेडिकल कलेजमा पठाइएको खनालले जानकारी दिए ।

Related posts

महोत्तरी मटिहानीको आगलागी(अपडेट): १२५ घरगाेठ जलेर बस्ती नै सखाप

MadhesKhabar

मुख्यमन्त्री माग्ने हैसियत जनमत पार्टीसंग छैन : काँग्रेस सांसद रिजाल

MadhesKhabar

रौतहट : विवाह भएको ६ महिनामै महिलाको मृत्यु, दाइजोको निहुँमा हत्या गरिएको आशंका

MadhesKhabar

Leave a Comment