Madhes Khabar
राष्ट्रिय

बम्जनविरुद्ध बारा प्रहरीमा कर्तव्य ज्यान र बेपत्ता उद्योगमा दुई वटा जाहेरी दर्ता

बारा,१माघ:तपस्वी भनिएका रामबहादुर बम्जनविरुद्ध बारा प्रहरीमा दुई वटा जाहेरी परेको छ । लामो समयदेखि बेपत्ता रहेका जीतपुरसिमराका सुरेश आले मगर र रौतहटकी रिता वोटको परिवारले बम्जनविरुद्ध जाहेरी दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बम्जनविरुद्ध कर्तव्य ज्यान र बेपत्तासम्बन्धी उद्योगमा जाहेरी दर्ता भएको बताए । हलखोरियास्थित आश्रममा वोटको हत्या गरेको र मुख्य सहयोगीको रुपमा रहेका सुरेशलाई बेपत्ता बनाएको आरोप जाहेरीमा लगाइएको छ ।

सुरेश बेपत्ता भएको जाहेरी यसअघि २०७५ सालमा पनि बारा प्रहरीमा दिइएको थियो । सुरेशका बुवा हस्तबहादुर आले मगरले त्यसबेला दिएको उजुरीमा प्रशासनले चासो देखाएको थिएन । सिआईबीद्धारा बम्जन समातिएपछि सुरेशका परिवारले पुनः जाहेरी दिएका हुन् ।

सुरेश जीतपुरसिमरा उपमहानगरपालिका १८ बडहर्वाका हुन् । उनि बम्जनको मुख्य सहयोगी र अनुयायी थिए । २०७२ साल जेठ दोस्रो सातादेखि सुरेश सम्पर्कविहिन छन् ।

उता सर्लाही बागमती नगरपालिका काजीराम टोलकी रिता २०६६ साल अन्तिमदेखि वेपत्ता छिन् । वोट परिवारले हलखोरिया आश्रममा रिताको हत्या भएको भन्दै बम्जनविरुद्ध कारवाहीको माग गरेका छन् ।

बम्जनविरुद्ध सुरेश र रिताबाहेक अन्य तीन जनालाई समेत बेपत्ता पारेको आरोप छ । साविक रतनपुरी ४ हाल निजगढ ११ बुम्जोरका बम्जन अहिले सर्लाही जिल्ला अदालतको आदेशअनुसार थुनामा छन् । बम्जनलाई प्रहरीले पुस २४ गते काठमाण्डौबाट पक्राउ गरेको थियो ।साभार:ईशीलालेखबाट

Related posts

वीरगन्ज भन्सारका कर्मचारी प्रहरीबाटै कुटिए

MadhesKhabar

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

MadhesKhabar

नागरिकताबारे मैले निरन्तर उठाउँदै आएको माग पुरा हुँदा निक्कै खुशी छु : प्रदीप यादव

MadhesKhabar

Leave a Comment