Madhes Khabar
राष्ट्रिय हेडलाइन

नागरिकता माग्दै काठमाडौंमा पनि प्रदर्शन

फाेटाे : नेपाल प्रेसबाट

काठमाडौं ,२४ जेष्ठ : नेपाली नागरिकता माग्दै नागरिकताविहीन जन्मसिद्ध नागिरकका सन्तानहरुले काठमाडौंकाे माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

 

राष्ट्रपतिले प्रमाणीकरण गरेकाे नागरिकता विधेयक कार्यान्वयन नगरि यथास्थितिमा राख्न सर्वोच्च अदालतले गरेको अल्पकालीन आदेशविरुद्ध उनीहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी युवाहरुले बुबा-आमा नेपालाी म चाहिँ कहाँ को भनेर ? सरकारसंग प्रश्न सोधेका थिए ।

 

जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजकाे नागरिकता दिनुपर्ने , आमाको नामबाट पनि नागरिकता दिनुपर्ने, नेपाली नागरिकलाई अनागरिक बनाउन नहुने जस्ता नारा लेखिएको प्लेकार्ड उनीहरूले प्रदर्शन गरेका थिए ।

उनीहरूले तराईमधेसबाट नागरिकताविहीनहरुलाई काठमाडौं बोलाइएको भन्दै बिहीबार पनि प्रदर्शन गर्ने बताए ।

राष्ट्रपतिबाट प्रमाणीकरण भई राजपत्रमा प्रकाशन भईसकेकाे नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अल्पकालीन आदेश दिएपछि नागरिकताविहिन देशभरका युवाहरूले प्रदर्शन गर्दै आएका छन् ।

Related posts

बिहेको १० वर्ष पछि ललिताले एकै पटक जन्माइन् तीन छोरा

MadhesKhabar

पटेर्वा सुगौलीको मुख्य प्राथमिकतामा कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन : उपाध्यक्ष महत्तो

MadhesKhabar

साैर्य एयरलाइन्सकाे विमान दुर्घटनामा १८ जनाकाे मृत्युु भएकाे पुष्टि

MadhesKhabar

Leave a Comment