Madhes Khabar
राष्ट्रिय हेडलाइन

साैर्य एयरलाइन्सकाे विमान दुर्घटनामा १८ जनाकाे मृत्युु भएकाे पुष्टि

तस्बिर :नेपाल प्रहरी

काठमाडौं,९ साउन :काठमाडौंकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ ।

प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा दुर्घटनाग्रस्त विमानमा लागे आगाे नियन्त्रणमा लिई १८ जनाकाे शव संकलन गरिएको उल्लेख छ ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले जहाज दुर्घटनामा १८ जनाको शव भेटिएको अन्नपूर्णलाई जानकारी दिए। उनले जहाज दुर्घटनामा घाइते पाइलट मनिष शाक्यको उद्दार गर उपचारका लागि अस्पताल पठाइएको बताए।

विमानमा चालकदलका दुई सदस्यसहित १९ जना सवार थिए।मृत्यु हुने काेपाइलट एस कटुवाल सहित अरु १७ जना सबै साैर्य एयरलाइन्सका कर्मचारी र प्राविधिक रहेका छन् ।तीमध्ये १ जना यमनका नागिरक र १७ जना नेपाली हुन्।

Related posts

ड्राइपोर्ट र आइसिपी बीचको जग्गा अधिग्रहण

MadhesKhabar

प्रदीप यादवको जनलहर बढ्दै , माओवादी छाडेर दुइ दर्जन युवाहरु जसपा प्रवेश

MadhesKhabar

राम मन्दिर उद्घाटनका दिन मधेस प्रदेशमा सार्वजनिक बिदा दिन माग

MadhesKhabar

Leave a Comment