Madhes Khabar
राष्ट्रिय हेडलाइन

साैर्य एयरलाइन्सकाे विमान दुर्घटनामा १८ जनाकाे मृत्युु भएकाे पुष्टि

तस्बिर :नेपाल प्रहरी

काठमाडौं,९ साउन :काठमाडौंकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ ।

प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा दुर्घटनाग्रस्त विमानमा लागे आगाे नियन्त्रणमा लिई १८ जनाकाे शव संकलन गरिएको उल्लेख छ ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले जहाज दुर्घटनामा १८ जनाको शव भेटिएको अन्नपूर्णलाई जानकारी दिए। उनले जहाज दुर्घटनामा घाइते पाइलट मनिष शाक्यको उद्दार गर उपचारका लागि अस्पताल पठाइएको बताए।

विमानमा चालकदलका दुई सदस्यसहित १९ जना सवार थिए।मृत्यु हुने काेपाइलट एस कटुवाल सहित अरु १७ जना सबै साैर्य एयरलाइन्सका कर्मचारी र प्राविधिक रहेका छन् ।तीमध्ये १ जना यमनका नागिरक र १७ जना नेपाली हुन्।

Related posts

नारायणी अस्पतालमा सुत्केरी महिलाका लागि सुविधासम्पन्न पिएनसी वार्ड सञ्चालन

MadhesKhabar

हैजा नियन्त्रणलाई थप प्रभावकारी बनाउन नारायणी अस्पतालमा सेनाका डाक्टरहरु पनि खटिए

MadhesKhabar

यू–१९ एसिया कपका लागि घोषित नेपाली टिममा वीरगन्जका क्रिकेटर रन्जित कुमार चयन

MadhesKhabar

Leave a Comment