Madhes Khabar
धर्म/संस्कृति

वीरगन्जमापनि थारु समुदायले भोलि माघी समारोह आयोजना गर्दै

वीरगन्ज,२९पुषः वीरगन्जमापनि थारु समुदायले माघे संक्रान्तिका दिन नयाँ बर्ष खिँचडी अर्थात माघी पर्ब भव्य रुपमा मनाउने भएको छ ।सोमबार माघ १ गते वीरगन्जको पूरानो बसपार्कमा माघी समारोह आयोजना गरिने माघी समारोह आयोजक समितिले आइतबार वीरगन्जमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

माघी समारोहमा आदिवासी थारु समुदायको माघी (खिचडी) पर्व तथा थारु समुदायको नयाँ वर्ष थारु सम्वतः २६४८ को शुभकामना आदानप्रदान, भाषा तथा सास्कृंतिक कार्यक्रमसमेत गरिने समितिका संयोजक शेखर चौधरीले बताए ।

सोमबार माघ १ गते बिहान वीरगन्जको घण्टाघरदेखि पुरानो बसपार्कसम्म थारु सस्ंकृति झल्कने झाँकीसहित प्रभातफेरी निकाल्ने र पूरानो बसपार्कमा औपचारिक कार्यक्रम राखिने संयोजक थारुको भनाइ छ ।

पत्रकार सम्मेलनमा थारु कल्याणकारी सभाका केन्द्रीय सदस्य नन्दकिशोर पञ्जियार, प्रचार प्रसार संयोजक शम्भु महतो थारु, दिपेन्द्र चौधरी, बिजया ओझैया, मनोज चौधरी लगायतको सहभागिता थियो । कार्याक्रमको सञ्चालन पुनम चौधरीले गरेका थिइन् ।

Related posts

मुस्लिमलाई मधेसी सिफारिस गरिदिन मुस्लिम आयोगको आग्रह

MadhesKhabar

उदाँउदाे सुर्यलाई अर्घ दिएसंगै सकियाे छठ 

MadhesKhabar

घडिअर्वा छठ पूजा व्यवस्थापन समितिको नयाँ कार्यसमिति चयन,अध्यक्षमा राकेश साह

MadhesKhabar

Leave a Comment