Madhes Khabar
धर्म/संस्कृति

मुस्लिमलाई मधेसी सिफारिस गरिदिन मुस्लिम आयोगको आग्रह

जनकपुर,१९माघ : मुस्लिम आयोगले मधेसी मुस्लिमलाई मधेसीकै रुपमा सिफारिस गरिदिन मधेसी आयोगलाई आग्रह गरेको छ । मुस्लिम आयोगले मधेसी आयोगलाई एक पत्र पठाउदै लोकसेवा आयोग लगायत अन्य निकायहरुमा प्रतिस्पर्धा गर्न मुस्लिम समुदायलाई मधेसीमा सफारिस दिन आग्रह गरेको हो ।

मधेसी आयोगले मुस्लिमलाई मधेशीको सूचीबाट हटाएपछि मुस्लिमहरुले मधेसीको सिफारिस पाउन अवरोध देखिएको छ । मधेसी आयोग द्वारा प्रकाशित ‘ मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन २०७८’ मा १४९ जातसहित थारु र मुस्लिमलाई पनि मधेसीकोे रुपमा सुचिकृत गरिएको थियो ।

प्रतिवेदन राष्ट्रपति समक्ष पेश भएपछि मुस्लिम र थारु आयोगका पदाधिकारी सहित सो समुदायका विभिन्न संघ–संगठनहरुले मधेशी आयोगको सो निर्णयप्रति विरोध जनाएका थिए । त्यसपछि मधेसी आयोगले मङ्सिर २० गते थारु र मुस्लिमलाई मधेशीको सूचीबाट हटाएको थियो ।

मधेसीको सूचीबाट मुस्लिमलाई हटाएपछि अहिले लोकसेवा लगायत विभिन्न निकायहरुमा प्रतिस्पर्धा गर्न मुस्लिम समुदायलाई समस्या देखिएको छ । मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले सुरुवातमा सबैलाई समेटेर नै आयोग अगाडि बढ्न खोज्दा सोही समुदाय र सम्बन्धित आयोगका पदाधिकारीबाट व्यापक विरोध भएपछि आयोग बाध्य भएर हटाएको बताए ।साभारः अनलाइनखबर

 

 

Related posts

चैती छठ पर्ब आजदेखि सुरु

MadhesKhabar

बाराको इटियाहीमा पूर्वमन्त्री सोनलले गरे शिव मन्दिरको शिलान्यास

MadhesKhabar

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिंदै

MadhesKhabar

Leave a Comment