Madhes Khabar
धर्म/संस्कृति

मुस्लिमलाई मधेसी सिफारिस गरिदिन मुस्लिम आयोगको आग्रह

जनकपुर,१९माघ : मुस्लिम आयोगले मधेसी मुस्लिमलाई मधेसीकै रुपमा सिफारिस गरिदिन मधेसी आयोगलाई आग्रह गरेको छ । मुस्लिम आयोगले मधेसी आयोगलाई एक पत्र पठाउदै लोकसेवा आयोग लगायत अन्य निकायहरुमा प्रतिस्पर्धा गर्न मुस्लिम समुदायलाई मधेसीमा सफारिस दिन आग्रह गरेको हो ।

मधेसी आयोगले मुस्लिमलाई मधेशीको सूचीबाट हटाएपछि मुस्लिमहरुले मधेसीको सिफारिस पाउन अवरोध देखिएको छ । मधेसी आयोग द्वारा प्रकाशित ‘ मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन २०७८’ मा १४९ जातसहित थारु र मुस्लिमलाई पनि मधेसीकोे रुपमा सुचिकृत गरिएको थियो ।

प्रतिवेदन राष्ट्रपति समक्ष पेश भएपछि मुस्लिम र थारु आयोगका पदाधिकारी सहित सो समुदायका विभिन्न संघ–संगठनहरुले मधेशी आयोगको सो निर्णयप्रति विरोध जनाएका थिए । त्यसपछि मधेसी आयोगले मङ्सिर २० गते थारु र मुस्लिमलाई मधेशीको सूचीबाट हटाएको थियो ।

मधेसीको सूचीबाट मुस्लिमलाई हटाएपछि अहिले लोकसेवा लगायत विभिन्न निकायहरुमा प्रतिस्पर्धा गर्न मुस्लिम समुदायलाई समस्या देखिएको छ । मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले सुरुवातमा सबैलाई समेटेर नै आयोग अगाडि बढ्न खोज्दा सोही समुदाय र सम्बन्धित आयोगका पदाधिकारीबाट व्यापक विरोध भएपछि आयोग बाध्य भएर हटाएको बताए ।साभारः अनलाइनखबर

 

 

Related posts

अयाेध्या नगई अब वीरगन्जमै प्रभु श्रीरामकाे दर्शन गर्न सकिन्छ : मेयर सिंह

MadhesKhabar

सामाजिक सञ्जालमा हिन्दुलाई गाली बेइज्जती गर्नेहरुलाइ कारबाही गर्न हिन्दु समाजको माग

MadhesKhabar

छठ पर्बको उपलक्ष्यमा घडिअर्वा छठघाटमा आयोजित रक्तदान कार्यक्रममा ६३ जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment