Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

१० दिने पैदल अयाेध्या यात्रामा निस्किएका वीरगन्जका युवाहरुलाई मेयर सिंहले गरे विदाई

वीरगन्ज,२६पुष:भारतकाे अयाेध्यामा नवनिर्मित राममन्दिरकाे समुद्घाटनमा सरिक भई दर्शन र पूजापाठका लागि वीरगन्जका युवाहरुकाे एक समुह १० दिने प‌ैदल अयाेध्या यात्रामा निस्किएको छ।राष्ट्रिय बजरंग दल पर्साका ११ जना युवाहरुकाे टाेली बिहीबार बिहान वीरगन्जबाट पैदल अयाेध्या यात्रामा निस्किएको हाे।
भगवान रामकाे जन्मभूमि अयाेध्यामा नवनिर्मित राममन्दिरमा जनवरी २२ तारिक अर्थात माघ ८ गते भगवान रामकाे मूर्ति प्राणप्रतिष्ठासंगै समुद्घाटन समाराेह हुदैंछ।त्यहि समाराेहमा सरिक हुन र पूजापाठ गर्नका लागि वीरगन्जबाट बजरंग दलका युवाहरु बिहीबार बिहान १० दिनकाे पैदल अयाेध्या यात्रामा निस्किएका हुन् ।वीरगन्जबाट अयाेध्याकाे दूरी ३५० किलोमिटर छ।
वीरगन्जबाट अयाेध्याका लागि प्रस्थान गरेकाे बजरंग दलका युवाहरुलाई वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले माईस्थानस्थित गहवामाई मन्दिर परिसरमम फूलकाे माला र खादा लगाएर विदाई गरे।
वीरगन्जबाट भगवान् रामका लागि धातुकाे धनुष-वाण लगायतका काेसेली लिएर हिडेकाे टाेली भारतकाे बिहार र उत्तर प्रदेशका विभिन्न शहरकाे प‌दल यात्रा गर्दै १० दिनमा राम जन्मभूमि अयाेध्यामा पुग्ने लक्ष्य रहेकाे पैदल यात्रामा सहभागी वीरगन्ज -१० का युवा मुन्ना साह कानुले बताए ।अयाेध्यामा पुगेर नवनिर्मित राममन्दिरकाे समुद्घाटन समाराेहमा सरिक भई पूजापाठपनि गर्ने उनले बताए।

Related posts

वीरगन्जमा आर्मीलाई हराउँदै पुलिसले जित्यो जय ट्रफीको उपाधि

MadhesKhabar

गणतन्त्र दिवसमा वीरगन्ज कारागारबाट १९ कैदी रिहा

MadhesKhabar

राष्ट्रपतिले जनभावना र संसदको अपमान गरेको पुर्वमन्त्री सोनलको आरोप

MadhesKhabar

Leave a Comment