वीरगन्ज,२५पुष: मधेस प्रदेश स्तरीय प्रधानमन्त्री कप छनाैट क्रिकेट प्रतियोगिताको उपाधी पर्साले जितेको छ।वीरगन्जस्थित नारायणी रंगशालाकाे क्रिकेट मैदानमा बुधबार भएकाे फाइनल खेलमा बारालाई १५ रनले स्तब्ध पार्दै पर्साले उपाधि उचालेकाे हाे ।
पर्साले दिएकाे १३३ रनकाे लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएकाे बाराले निर्धािरित २३ ओभरमा ६ विकेट गुमाँउदै ११७ रनमात्र बनाएपछि उपाधि पर्साकाे पाेल्टामा गयाे।बाराका लागि ५८ बलमा अविजित ४७ रन बनाए।उसका अन्य व्याटरहरुले उल्लेख रन जाेड्न सकेनन्।बलिङतर्फ पर्साका साेनु शर्मा एक्लैले ३ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले व्याटिङ गरेकाे पर्साले निर्धारित २३ ओभरमा ९ विकेट गुमाएर १३२ रनकाे याेगफल तयार पारेकाे थियाे।उसका लागि हासिम अन्सारीले सर्वाधिक २६ बलमा २८ रनकाे याेगदान दिएका थिए।बलिङतर्फ बाराका अनिल कुमार साह एक्लैले ५ विकेट लिएका थिए ।
आसन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको लागि मधेस प्रदेशकाे टिम छनाैट गर्न भएकाे यस प्रतियोगितामा मधेस प्रदेशका आठ वटै जिल्लाका क्रिकेट टिमले भाग लिएका थिए।

