Madhes Khabar
स्थानिय

पिकअप गाडीमा गाँजा ओसार्ने दुई जना पर्सामा पक्राउ

वीरगन्ज,२२पुष:पर्सामा प्रहरीले ठूलाे परिमाणमा लागु ओैषध गाँजासहित दुई जनालाई पक्राउ गरेकाे छ।पिकअप गाडीमा गाँजा ओसार्दै गरेकाे अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे हाे।

सखुवा प्रसाैनी गाँउपालिका वडा नम्बर ५ महुवनबाट प्रहरीले ४२ केजी गाँजासहित पिकअप गाडीका चालक मकवानपुरको भिमफेदी गाँउपालिका वडा नम्बर ९ का ३४ वर्षिय सुमन ब्लाेन र पर्साकाे पटेर्वा सुगाैली गाँउपपालिका वडा नम्बर ४ का ४० वर्षिय विनाेद रामलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक काेमल शाहले जानकारी दिए।

शाहका अनुसार, विशेष सुचनाकाे आधारमा ईलाका प्रहरी कार्यालय र प्रहरी चाैकी महुवनबाट शनिबार राति खटिएको प्रहरी टाेलीले गण्डकबाट देउरिया तर्फ जाँदै गरेकाे बा.प्र.०३-००१च१५४० नम्बरको पिकअप गाडी महुवन चाेकमा राेकेर चेकजाँच गरेको थियाे।त्यसक्रममा उक्त गाडीकाे चालक बस्ने सिटमुनी लुकाएर राखिएको अवस्थामा ४२ पाेका अर्थात ४२ केजी गाँजा बरामद भएकाे शाहले बताए ।

गाँजा र गाडीसहित नियन्त्रणमा लिइएका ब्लाेन र रामलाई ईलाका प्रहरी कार्यालय पाेखरियाकाे हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेकाे प्रहरी उपरीक्षक शाहले जानकारी दिए।

Related posts

पर्सामा लज्जास्पद हार व्यवहोरेको एमालेमा भाँडभैलो : केन्द्रिय सदस्य र जिल्ला सचिव सहित ४२ लाई कारबाही

MadhesKhabar

लायन्स क्लब अफ इन्टरनेशनलको महाधिवेशन वीरगन्जमा हुने

MadhesKhabar

नवनिर्वाचित मेयर सिंह आफै सडकमा ,पटके सवारी करको ढाट २४ घण्टा भित्र हटाउन निर्देशन

MadhesKhabar

Leave a Comment