वीरगन्ज,२२पुष:पर्सामा प्रहरीले ठूलाे परिमाणमा लागु ओैषध गाँजासहित दुई जनालाई पक्राउ गरेकाे छ।पिकअप गाडीमा गाँजा ओसार्दै गरेकाे अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे हाे।
सखुवा प्रसाैनी गाँउपालिका वडा नम्बर ५ महुवनबाट प्रहरीले ४२ केजी गाँजासहित पिकअप गाडीका चालक मकवानपुरको भिमफेदी गाँउपालिका वडा नम्बर ९ का ३४ वर्षिय सुमन ब्लाेन र पर्साकाे पटेर्वा सुगाैली गाँउपपालिका वडा नम्बर ४ का ४० वर्षिय विनाेद रामलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक काेमल शाहले जानकारी दिए।
शाहका अनुसार, विशेष सुचनाकाे आधारमा ईलाका प्रहरी कार्यालय र प्रहरी चाैकी महुवनबाट शनिबार राति खटिएको प्रहरी टाेलीले गण्डकबाट देउरिया तर्फ जाँदै गरेकाे बा.प्र.०३-००१च१५४० नम्बरको पिकअप गाडी महुवन चाेकमा राेकेर चेकजाँच गरेको थियाे।त्यसक्रममा उक्त गाडीकाे चालक बस्ने सिटमुनी लुकाएर राखिएको अवस्थामा ४२ पाेका अर्थात ४२ केजी गाँजा बरामद भएकाे शाहले बताए ।
गाँजा र गाडीसहित नियन्त्रणमा लिइएका ब्लाेन र रामलाई ईलाका प्रहरी कार्यालय पाेखरियाकाे हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेकाे प्रहरी उपरीक्षक शाहले जानकारी दिए।

