Madhes Khabar
स्थानिय हेडलाइन

पर्सामा लज्जास्पद हार व्यवहोरेको एमालेमा भाँडभैलो : केन्द्रिय सदस्य र जिल्ला सचिव सहित ४२ लाई कारबाही

मधेसखबर
वीरगन्ज,१७ मंसिर : मंसिर ४ सम्पन्न निर्वाचनमा पर्सामा लज्जास्पद हार व्यवहोेरेपछि नेकपा एमाले पर्सामा भाँडभैलो मच्चिएको छ ।

निर्वाचनमा अन्तरघात गरेर पार्टीका उम्मेदवारहरुलाइ हराउने कार्यमा संलग्न रहेको भन्दै एमालेले जिल्ला पार्टीका जिल्ला सचिव सहित १४ जनालाई पार्टीको साधरण सदस्य समेत नरहने गरि कारबाही गरेको छ ।यस्तै एक केन्द्रिय सदस्य र एक प्रदेश कमिटी सदस्यलाई पार्टीको साधरण सदस्य नरहने गरि कारबाही गर्न उपल्लो कमिटीमा सिफारिस गरेको छ भने २६ जनालाई स्पष्टीकरण पनि सोधेको छ ।

मंसिरमा ४ मा सम्पन्न निर्वाचनको समीक्षा गर्न शनिबार एमाले पर्साको सचिवालय कमिटीको बैठक बसेको थियो । जिल्ला अध्यक्ष जयप्रकाश थारुको अध्यक्षतामा बसेको बैठकले पार्टीमा अन्तर्घात गरेका र बागी उम्मेदवारी दिएका १४ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

पार्टीबाट निष्कासनमा पर्नेहरुमा एमाले जिल्ला सचिव एंव छिपहरमाइ गाँउपालिकाका अध्यक्ष मनोज गुप्ता , जिल्ला सचिवालय सदस्य एवं सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव, जिल्ला सदस्य समेत रहेका छिपहरमाई गाउँपालिका ५ का वडाध्यक्ष मौजीलाल साह कानु, सखुवा प्रसौनी गाँउपालिका १ का वडाध्यक्ष वासुदेव महतो थारू रहेका छन् ।

यस्तै ताजदिन अन्सारी, इमरान हुसेन, मञ्जुर आलम, पवन तिवारी, सुभाष साह कानु, वीरेन्द्र साह कानु मुस्तकिम अन्सारी, रामप्रित महतो थारू, अमानत अन्सारी, नबिजान मियाँलाई पनि पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको एमाले पर्साका अध्यक्ष थारुले जानकारी दिए ।

 

मंसिर ४ को निर्वाचनमा पार्टीको निर्णय विपरित एमाले–जसपाका उम्मेदवारलाई हराउन अन्तरघात गरेका जिल्ला सचिव गुप्ता १४ जनालाई कारबाही गरि पार्टीबाट निष्काशन गरिएको अध्यक्ष थारुले बताए ।कारबाहीमा परेका मध्ये पालिकाका जनप्रतिनिधीहरु अब पार्टीकै सदस्य नरहेकाले उनिहरुको पद पनि खारेज हुने थारुले बताए ।

 

यस्तै सचिवालय बैठकले केन्द्रिय सदस्य एंव पर्सा इन्चार्ज प्रभु हजरा र प्रदेश कमिटी सदस्य बसरुद्धिन अन्सारीलाई पनि पार्टीबाट निष्काशन केन्द्रिय कमिटी र प्रदेश कमिटीमा सिफारिस गरेको छ ।हालै सम्पन्न निर्वाचनमा हजरा र अन्सारीले पनि पार्टीलाई हानी हुने गरि पार्टी विरोधी गतिविधी गरेकाले साधरण सदस्य समेत नरहने गरि कारबाही गर्न केन्द्रिय र प्रदेश कमिटीमा सिफारिस गरिएको जिल्ला अध्यक्ष थारुले बताए ।

 

यसैगरि सचिवालय बैठले पार्टीका २६ जना नेतालाई स्पष्टिकरण पनि सोध्ने निर्णय गरेको उनले जानकारी दिए ।निर्वाचनमै पार्टीको निर्देशन विपरित पार्टी विरोधी गतिविधी गरेका एमालेका वीरगन्ज महानगर कमिटिका उपाध्यक्ष महेश दास, वीरगन्ज महानगरपालिका वडा नंबर १७ का वडा अध्यक्ष सन्जिव बहादुर छत्कुली, पूर्व वडा अध्यक्ष विश्वराज कुर्मी, ठोरी गाँउपालिका कमटिी अध्यक्ष खगेन्द्र बहादुर श्रेष्ठ , जिल्ला कमिटि सदस्यहरु हरिनारायण चौधरी, रामेश्वर साह कानु, फरिन्द्र कुशवाहा, जितेन्द्र साह कलवार, नाजिर मियाँ, गौरी शंकर साह कानु, महेन्द्र साह कलवार, विनोद साह कानु, विश्वेश्वर यादव, कुरान अलि, फुलमहमद मिया ँर रियाजुल मियाँ, नरेस टिवडेवाल, आमोद यादव, जितेन्द्र पटेल, सम्सुदिन अन्सारी, सुनिल कुशवाहा, रामबाबु साह, प्रमोद यादव, महादेव साह कलवार, इनरदेव चौधरी, रामनाथ चौधरी, रामराज यादवलाई स्पष्टीकरण सोधेको हो ।स्पष्टीकरणको चित्तो बुझ्दो जवाफ नआए उनिहरु विरुद्ध पार्टीले अझ कडा कदम उठाउने पनि जिल्ला अध्यक्ष थारुले बताए ।

 

एमाले केन्द्रिय सदस्य एंव जिल्ला इन्चार्ज प्रभु हजराको प्रमुख आतिथ्यतामा बसेको बैठकमा केन्द्रिय सदस्य एंव जिल्लाका सहइन्चार्ज राज कुमार गुप्ता , केन्द्रिय सदस्य अरविन्द सिह, केन्द्रिय सल्लाहकार परिषद सदस्यहरु डाक्टर विश्वम्भर शर्मा र विजय सरावगीको पनि सहभागीता रहेको जिल्ला अध्यक्ष थारुले जानकारी दिए ।

मंसिर ४ को निर्वाचनमा जसपासंग गठबन्धन गरेर चुनाव लडेको एमालेले एउटा मात्र प्रतिनिधीसभा सदस्य जितेको छ । पर्सामा चार प्रतिनिधीसभा क्षेत्र मध्ये दुइ र आठ प्रदेशसभा क्षेत्र मध्ये चार गरि एमालेका ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । एमालेका ती ६ उम्मेदवार मध्ये पर्सा ३ को प्रतिनिधीसभा सदस्यमा राज कुमार गुप्ता मात्रै विजयी भएका छन् ।एमाले जिल्ला अध्यक्ष थारु समेत अरु पाँचै जना भने पराजित भएका छन् ।

Related posts

भारतको चुनावका लागि बाराका सीमा नाकापनि तीन दिनका लागि बन्द हुने

MadhesKhabar

वीरगन्ज महानगरको नयाँ शैक्षिक क्यालेन्डर सार्वजनिक : २ सय ३३ दिन विद्यालय खुल्ने

MadhesKhabar

पर्साका ९ वटा पालिकाका खाता खुलेन,दशैंमा तलबभत्ता नपाउने कर्मचारीहरुमा चिन्ता

MadhesKhabar

Leave a Comment