वीरगन्ज,२३असोजःवीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको पिजी (पोष्ट ग्रेजुएट) डिपार्टमेन्टको कक्ष फोहोर हुदाँ त्यहाँ बस्ने प्राध्यापकसंगै कामविशेषले आउने विधार्थीसमेत प्रभावित भएका छन् ।
क्याम्पसको मूल भवनमै रहेको पिजी डिापर्टमेन्टको कक्षमा पान गुट्खा खानेहरुले भित्रै थुक्ने गरेका कारण भुंइ र भित्ताहरु फोहोर भएका छन् । पान गुट्खको थुक गन्हाएर त्यहा बस्नै नसक्ने अवस्था भएपनि बाध्य भएर बस्नु पपरिरहेको स्नातकोत्तर तहको अध्यापन गराउने प्राध्यापक र सहप्राध्यापकहरुले गुनासो गरेका छन् ।
नाम गोप्य राख्ने शर्तमा पिजी डिपार्टमेन्टमा कार्यरत एक प्राध्यापकले मधेसखबरसंग भने,‘पान गुटखा थुक गन्हाएर बस्ने सक्ने अवस्थै छैन । तैपनि काम त गर्नु नै पर्ने बाध्यताले नाक थुनेर यो कोठामा छिर्नुपर्छ ।’
उनका अनुसार,पिजी कक्षमा स्नताकोत्तर तहका विद्यार्थीहरुको थेसिस बारे विद्यार्थीलाईसंगै राखेर सम्बन्धित विषयका विशेषज्ञ प्राध्यापकहरुले छलफलर विश्लेषण गर्नुपर्छ । तर पिजी कक्ष दिनभर खुल्लै रहने गरेका कारण खासगरी विद्यार्थी नेताहरु अनावश्यक रुपमा जबरजस्ति आएर घण्टौसम्म बस्छन् । पान गुट्खा खाएर भित्रै थुक्छन् । क्याम्पसका कर्मचारीहरुकोपनि पारा उस्तै हुन्छ । फोहोरको दुर्गन्ध र विद्यार्थी नेताहरुको जमघटले कामै गर्न सक्ने वातावरण नभएको ती प्राध्यापकले बताए ।
पिजी कक्षमा नबस्न आग्रह गर्दा विद्यार्थी नेताहरुबाट अभद्र व्यवहारसमेत हुनेगरेपछि आँफुहरु निरीह बन्दै काम गर्नु परिरहेको दुखेसोपनि उनले सुनाए ।फोहोरग्रस्त पिजी कक्षलाई सरसफाइ गरी व्यवस्थित बनाउन क्याम्पस प्रशासनलाई पटक पटक ध्ध्यानाकषर्णा गराइसकेको भएपनि कुनै सुनुवाई नभएको उनले बताए ।
यसबारेमा प्रतिक्रिया लिन मधेसखबरकर्मीले क्याम्पस प्रमुख रणजीत यादवको निजी मोबाइल नम्बरमा सम्पर्क गर्न पटक पटक प्रयास गर्दा उनीसंग सम्पर्क हुन सकेन ।

