Madhes Khabar
खेलकुद

टी–२० विश्वकपमा नेपालले दक्षिण अफ्रिका,श्रीलंका,नेदरल्यान्डस् र बंगलादेशसंग खेल्ने

फाइल तस्बिर ।

काठमाडौं,२०पुष:आईसीसीले यस वर्षकाे जुन–जुलाईमा हुने टी–२० विश्वकप क्रिकेटकाे खेल तालिका सार्वजनिक गरेकाे छ । नवाैँ संस्करणकाे प्रतियाेगिता अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ ।

आईसीसीले शुक्रबार सार्वजनिक गरेकाे तालिका अनुसार नेपाल समूह ‘डी’ मा रहेकाे छ । याे समूहमा नेपालसँगै दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स रहेका छन् ।

समूह ‘ए’ मा भारत, पाकिस्तान, आयरल्यान्ड, क्यानडा र अमेरिका रहेका छन् । यस्तै समूह ‘बी’ मा इङ्ग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान छन् । सार्वजनिक तालिकाअनुसार न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्यु गिनी (पीएनजी) समूह ‘सी’ मा छन् ।

Related posts

गुजरातमाथि बेंग्लाेरकाे सानदार जित

MadhesKhabar

टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा, को–को परे टिममा ?

MadhesKhabar

आसिफ र अनिलको अर्धसतकमा नेपालद्वारा नेदरल्याण्ड्स पराजित

MadhesKhabar

Leave a Comment