
काठमाडौं,१२पुष: संघीय सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य ताेकेकाे छ ।
बिहीबार सिंहदरबारमा बसेकाे मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ५० रुपैयाँ ताेकेकाे सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
मन्त्रीपरिषद बैठकका निर्णय सुनाउँदै प्रवक्ता शर्माले सरकारले प्रधानमन्त्री कार्यालयको अहिलेको दरबन्दीमा ६८ वटा दरबन्दी कटौती गर्ने निर्णयपन गरेको बताइन । यसैगरी सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमतर्फ रिक्त सदस्य सचिव पदमा महेश भट्टराईलाई तोक्ने निर्णयपनि गरेकाृ जानकारी उनले गराइन्।

