
राैतहट,१२पुष:रौतहटमा ट्रककाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु भएको छ।राैतहटको चन्द्रपुर नगरपालिका वडम नम्बर १ स्थित पूर्व–पश्चिम रार्जमार्गको पौराई चोकनजिक बुधबार बेलुकी ट्रकको ठक्करबाट मोटरसाइकल चालक महाेत्तरीका एक युवकको मृत्यु भएको हाे ।
नवलपरासीबाट लहानतर्फ जाँदै गरेको ना ६ ख ४६४२ नम्बरको ट्रकले ना ४७ प ६८८० नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरीकाे जलेश्वर नगरपालिका–२ इटहर्वाकट्टीका ४० वर्षीय अविनाशकुमार मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ । ट्रकको ठक्करबाट घाइते मण्डलको उपचारका क्रममा चन्द्रपुर अस्पतालमा मृत्यु भएको हाे ।
ठक्कर दिने ट्रक र त्यसका चालक झापाकाे शिवसताक्षी नगरपालिका–१ घर घएका रमेश ढकाललाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ ।

