Madhes Khabar
मधेस प्रदेश

रौतहटमा ट्रककाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु

सांकेतिक तस्बिर ।

राैतहट,१२पुष:रौतहटमा ट्रककाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु भएको छ।रा‌ैतहटको चन्द्रपुर नगरपालिका वडम नम्बर १ स्थित पूर्व–पश्चिम रार्जमार्गको पौराई चोकनजिक बुधबार बेलुकी ट्रकको ठक्करबाट मोटरसाइकल चालक महाेत्तरीका एक युवकको मृत्यु भएको हाे ।

नवलपरासीबाट लहानतर्फ जाँदै गरेको ना ६ ख ४६४२ नम्बरको ट्रकले ना ४७ प ६८८० नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरीकाे जलेश्वर नगरपालिका–२ इटहर्वाकट्टीका ४० वर्षीय अविनाशकुमार मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ । ट्रकको ठक्करबाट घाइते मण्डलको उपचारका क्रममा चन्द्रपुर अस्पतालमा मृत्यु भएको हाे ।

ठक्कर दिने ट्रक र त्यसका चालक झापाकाे शिवसताक्षी नगरपालिका–१ घर घएका रमेश ढकाललाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ ।

Related posts

जनकपुरका काँग्रेस नगरसभापति साहले गरे विद्रोह – मेयरमा स्वतन्त्रबाट लड्ने घोषणा

MadhesKhabar

राैतहटमा नेपाली १ हजार दरका नक्कली नोटसहित ३ जना पक्राउ

MadhesKhabar

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण ।

MadhesKhabar

Leave a Comment