Madhes Khabar
राजनीति हेडलाइन

पप्पु कन्ट्रक्सनका पुर्व सञ्चालक राैनियार जसपा छाडेर एमालेमा प्रवेश

वीरगन्ज,५मंसिर: जनता समाजवादी पार्टी (जसपा)का नेता तथा पूर्व सांसद हरिनारायण रौनियार नेकपा एमालेमा प्रवेश गरेका छन् ।
२०७४ काे निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका राैनियार जसपा छाडेर एमालेमा प्रवेश गरेका हुन्।
पर्साको पोखरीयामा मंगलबार आयाेजित आमसभा तथा बृहत पार्टी प्रवेश कार्यक्रममा  एमाले अध्यक्ष केपी शर्मा ओलीले राैनियारलाई फुलमाला र  टीका लगाएर पार्टी प्रवेश गराएका हुन्।
राैनियारसंगै नेपाल सुशासन पार्टीकी केन्द्रीय सदस्य विना देवी लगायत विभिन्न पार्टीका  सयाैं नेताकार्यकर्ता पनि एमाले प्रवेश गरेका छन् ।
१ वर्षदेखि जसपामा निस्कृय रहेका केहिदिन अगाडी काठमाडौं पुगेर अध्यक्ष ओलीलाई भेटेका थिए । त्यही भेटमा  एमालेमा प्रवेश गर्न तयार भएका राैनियार मंगलब आफ्नै क्षेत्रमा अध्यक्ष ओलीलाई बोलाएर एमालेमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा बाेल्दै  पप्पु कन्ट्रक्सनका संस्थापक अध्यक्ष समेत रहेका राैनियारले जसपा र उसका अध्यक्ष उपेन्द्र यादवले मधेसका मुद्दा बिर्सिएर निजी स्वार्थमा लागेकाले आफुले जसपा परित्याग गरेकाे बताए।उनले एमाले अध्यक्ष केपी ओलीबाटै देशकाे विकास र समृद्धि सम्भव रहेकाले आफु एमाले प्रवेश गरेकाे बताए।
एमाले पर्साका अध्यक्ष डाक्टर विश्वम्भर शर्माकाे अध्यक्षतामा आयाेजित कार्यक्रमलाई एमाले केन्द्रीय सचिव याेगेश भट्टराई ,रघुवीर महासेठ, पाेलिटब्युराे सदस्य पुरुषाेत्तम पाैडेल, ज्वाला साह, अच्युत मैनाली,केन्द्रीय सदस्यहरु अरविन्द सिंह, राजकुमार गुप्ता लगायतलेपनि सम्बाेधन गरेका थिए ।

Related posts

इजरायलको द्वन्द्धमा फसेका नेपालीहरुको अविलम्ब उद्धार गर्न सांसद यादवको माग

MadhesKhabar

ठाकुरराम क्याम्पसमा संस्थापक महावीर प्रसाद र रघुवीर रामको शालीक निर्माण

MadhesKhabar

अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तान युद्धविराम गर्न सहमत

MadhesKhabar

Leave a Comment