Madhes Khabar
समाचार हेडलाइन

वीरगन्जमा बौलाहा कुकुरको आतंक : एउटै कुकुरको टोकाइबाट २० जना घाइते

वीरगन्ज, ६ जेष्ठ : वीरगन्जमा शनिबार एउटा बौलाहा कुकुरको टोकाईबाट २० जना भन्दाबढि मानिस घाइते भएका छन् ।
रातो खैरो रंगको कुकुरले शनिबार दिउँसो १ बजेदेखि शहरकोे विभिन्न स्थानमा मानिसहरुलाई टोक्दै हिडेको र साँझ सम्म नारायणी अस्पतालमा २० जनाभन्दा बढि मानिस उपचारका लागि आएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विदुर शिवाकोटीले बताए ।

दिउँसो १ बजेतिर वडा नम्बर ६ रामटोलस्थित ६ नम्बर गेट अगाडिको सडकमा एक व्याक्तिलाई टोकेको उक्त कुकुरले त्यसपछि पानगल्ली , माइस्थान , घण्टाघर , रानीघाट , छपकैया लगायतका टोलमा पुग्दै सडकमा भेटिएका जोकोहिलाई जथाभावी टोकेर आतंकित बनाएको उनले बताए ।

उक्त बौलाहा कुकुरको टोकाइबाट घाइते भएका २० जना व्याक्ति उपचारका लागि अस्पतालमा आएको अस्पतालका प्रवक्ता डाक्टर उदयनारायण सिंंहले जानकारी दिए ।

उनका अनुसार , कुकुरले टोकेर घाइते बनाएका २० जना मध्ये प्राय सबै बालबालिका नै रहेका छन् । कुकुरको टोकाईबाट घाइते भएकामध्ये एक जना छाडेर अरु सबै ३ देखि १२ वर्ष उमेर समुहका बालबालिकाहरु रहेका छन् ।

टोलटोलमा पुगेर मानिसलाई टोकेर घाइते बनाएको उक्त कुकुरलाई साँझ ६ बजेतिर आदर्शनगरस्थित जैन धर्मशाला भवन पछाडिबाट वीरगन्ज महानगरपालिकाको टोलीले नियन्त्रणमा लिएर व्यवस्थापन गरेको प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।

Related posts

एन्जल बसका चालक स्व. महतोका दुई छोराको १२ कक्षासम्म निःशुल्क पढ्ने व्यवस्था मेयर सिंहले मिलाए

MadhesKhabar

आज लक्ष्मीपूजा , कुकुर तिहार पनि आजै

MadhesKhabar

प्रेस युनियन पर्साका नवनिर्वाचित कार्यसमितिको पदस्थापन सम्पन्न

MadhesKhabar

Leave a Comment