Madhes Khabar
समाज हेडलाइन

पर्साकाे टिनडाेवियामा आयाेजित कार्यक्रममा २३ जनाले गरे रगत दान

वीरगन्ज,२८कार्तिक:पर्साकाे कालिकामाई गाउँपालिका वडा नम्बर १ टिनडाेवियामा आयाेजित रक्तदान कार्यक्रममा २३ जनाले रगत दान गरेका छन्।

दिपावली र छठ पर्वकाे अवसरमा टिनडाेविया युवा क्लबले मंगलबार आयाेजना गरेकाे रक्तदान कार्यक्रममा २३ जनाले रगत दान गरेका हुन् ।

टिनडाेवियास्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालय प्रांगणमा भएकाे रक्तदान कार्यक्रममा राजन पटेल, भरत साह, रामबहादुर पटेल, ललन पटेल, कृष्णा पटेल, राजु राउत कुर्मी, विनय पटेल, विजय प्रसाद चाैरसिया, उपेन्द्र कुमार साह, दिपक कुमार साह, शैलेन्द्र कुमार त्रिपाठी, उमेश प्रसाद चाैहान, संजय प्रसाद, सुभाष पटेल, असर्फी राउत गद्दी लगायतकाले रगत दान गरेकाे रक्त सञ्चार केन्द्र वीरगन्जले जनाएको छ।

रक्तदान कार्यक्रमकाे उद्घाटन कालिकामाई गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष लालबाबु प्रसाद बरैले गरेका थिए ।

टिनडाेविया युवा क्लबका अध्यक्ष कृष्णा पटेलकाे अध्यक्षतामा भएकाे रक्तदान कार्यक्रममा दिव्य विकास स्राेत केन्द्र बिरन्चीबर्वाका अध्यक्ष उमेश चाैहान, रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख साैरभ राज पाण्डे, कालिका टाईम्सका सम्पादक शम्भु कुमार सुमन, इलाका प्रहरी कार्यालय कालिकामाईका प्रहरी सहायक निरिक्षक विनाेद कुमार राउत लगायतकाेपनि उपस्थिति थियाे ।

Related posts

दशैंको सातौ दिन : मधेसमा महिला भक्तजनले दुर्गा भवानीलाइ खोइच भर्दै

MadhesKhabar

ग्लोबल विजनेश क्लेजकाे रक्तदान कार्यक्रममा १३१ जनाले गरे रगत दान

MadhesKhabar

बाराकाे चिलझप्टीका आगलागी पिडितलाई राहत वितरण

MadhesKhabar

Leave a Comment