Madhes Khabar
कृषि हेडलाइन

नेपालमा गाई–गोरु पाल्ने किसानको संख्यामा ठूलो गिरावट

वीरगन्ज,२१भदौं : नेपालमा गाई र गोरु पाल्ने पशुपालक किसानको संख्यामा ठूलो गिरावट आएको छ ।केन्द्रीय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ को नतिजाअनुसार पछिल्लो १० वर्षमा गाई र गोरु पाल्ने किसानको संख्यामा ठूलो गिरावट आएको छ ।

उक्त तथ्यांक अनुसार हाल १७ लाख ८ हजार घर परिवारले गाई–गोरु पालन गरिरहेका छन् । जुन अघिल्लो गणनाको तुलनामा ५ लाख ७३ हजार परिवारले कम हो । २०६८ मा २२ लाख ८१ हजार परिवार गाई–गोरु पालनमा थिए । नयाँ तथ्यांकअनुसार नेपालमा एउटा परिवारसँग गाई र गोरुको संख्या करिब ३ वटा छ ।

तथ्यांक अनुसार नेपालमा १८ लाख ७७१ हजारले गाई र गोरुको संख्या घटेको छ । नयाँ तथ्यांकअनुसार नेपालभर अहिले गाई र गोरुको कुल संख्या ४५ लाख ५९ हजार छ । जुन गत २०६८ सालमा देशभर गाई र गोरुको संख्या ६४ लाख ३० हजार थियो ।

Related posts

वीरगन्ज-५ मा वर्षाैंदेखि कब्जा गरिएको क्लबकाे तीन तल्ले भवन अब स्थानीय समुदायको अधिनमा

MadhesKhabar

सवारी साधनको कर र नविकरणमा लाग्ने जरिवानामा शतप्रतिशत छुट

MadhesKhabar

हिन्दु स्वयंसेवक संघद्धारा वीरगन्जको पन्चमुखी हनुमान मन्दिरमा सामुहिक हनुमान चालिसा पाठ

MadhesKhabar

Leave a Comment