
गोरखा,२६कार्तिक : गोरखाको धार्चे गाउँपालिका–१ हुल्चुकमा एक घरमा आगलागी हु्दाँ जलेर आमा–छोराको मृत्यु भएको छ । हुल्चुककी कान्छी गुरुङको घरमा शनिबारराति आगलागी हुदाँ जलेर कान्छी र अपाङ्गता भएका उनका ३९ बर्षका छोरा चमारसिँह गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
आगलागीबाट घरपनि जलेर पूर्ण रुपमा क्षति भएको र आमा छोराको घरभित्रै जलेको अवस्थामा शव भेटिएको प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।
वडाध्यक्ष रामसिंङ गुरुङले घटनाबारे खबर पाएलगतै घटनास्थलमा पुगेको र आगो निभाउन डेढ घण्टा लागेको बताए ।जाडाको कारण न्यानो बनाउँन घरभित्रै बालिएको आगो फैलिएर आगलागी भएको हुनसक्ने अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

