Madhes Khabar
स्थानिय

वीरगन्जको पानीटङ्कीस्थित एक घरबाट लाखाैंकाे मालसामान चाेरी

वीरगन्ज,१६कार्तिक: वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानीटङकीस्थित एउटा घरबाट लाखाैं मुल्यकाे मालसामान चोरी भएको छ ।

खानेपानी संस्थानकाे कार्षालय नजिक रहेको कृष्ण प्रसाद कलवारको घरबाट करिब दश लाख रुपैया बराबरको चोरी भएको पिडितले बताएका छन् । घरमा कोही नभएको मोकाछोपी चोरहरुले घरमा भएका जिन्सी सामान तथा नगद चोरेर लगेको हुन् ।

त्यही घरमा डेरा लिएर बस्दै आएका बिन्दवासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनी भाठाका इन्जिनियर रबिभुषण पटेलको कोठामा पनि चोरी भएको छ । उनको कोठाबाट चोरहरुले दुईटा ल्यापटप र एक लाख नगद चोरेर लगेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार एक तल्ले भवन अगाडीको पर्खालबाट हाम फालेर मेनगेटको ताला फोडेर घर भित्र चोरहरु प्रबेश गरेको देखिन्छ । घर भित्र रहेको पांच वटै कोठाको ताला फोडेर चोरहरुले चोरी गरेका हुन् ।

घर धनी बस्दै आएका कोठाहरुमा पनि चोरी भएपनि उनकी श्रीमती अस्पतालमा भर्ना रहेकी कारण चोरी भएको सामानको विवरण थाहा हुन सकेको छैन् ।

चाेरीकाे घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Related posts

परवानीपुर गाँउपालिकाले नियुक्त गरेका गाँउ प्रहरीहरुले सशस्त्र प्रहरीबाट लिए तालिम

MadhesKhabar

साैराहामा पत्रकार महासंघ पर्साको आयोजनामा तीन दिने तालिम सुरु

MadhesKhabar

परवानीपुरमा यात्रुवाहक बसबाट ठूलो परिमाणमा लागु औषधसहित पोखराका केसी पक्राउ

MadhesKhabar

Leave a Comment