वीरगन्ज,१६कार्तिक: वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानीटङकीस्थित एउटा घरबाट लाखाैं मुल्यकाे मालसामान चोरी भएको छ ।
खानेपानी संस्थानकाे कार्षालय नजिक रहेको कृष्ण प्रसाद कलवारको घरबाट करिब दश लाख रुपैया बराबरको चोरी भएको पिडितले बताएका छन् । घरमा कोही नभएको मोकाछोपी चोरहरुले घरमा भएका जिन्सी सामान तथा नगद चोरेर लगेको हुन् ।
त्यही घरमा डेरा लिएर बस्दै आएका बिन्दवासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनी भाठाका इन्जिनियर रबिभुषण पटेलको कोठामा पनि चोरी भएको छ । उनको कोठाबाट चोरहरुले दुईटा ल्यापटप र एक लाख नगद चोरेर लगेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार एक तल्ले भवन अगाडीको पर्खालबाट हाम फालेर मेनगेटको ताला फोडेर घर भित्र चोरहरु प्रबेश गरेको देखिन्छ । घर भित्र रहेको पांच वटै कोठाको ताला फोडेर चोरहरुले चोरी गरेका हुन् ।
घर धनी बस्दै आएका कोठाहरुमा पनि चोरी भएपनि उनकी श्रीमती अस्पतालमा भर्ना रहेकी कारण चोरी भएको सामानको विवरण थाहा हुन सकेको छैन् ।
चाेरीकाे घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

