Madhes Khabar
स्थानिय

जीतपुरबाट वीरगन्जका दुईसहित पाँच जना जुवाडे पक्राउ

सांकेतीक तस्बीर ।

वीरगन्ज,१५कार्तिक : बाराको जीतपुरबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा वीरगन्जका दुई जनासहित पाँच जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सिमराबाट खटेको प्रहरी टोलीले मंगलबार जीतपुरसिमरा उपमहानगरपालिका – ७ स्थित जीतपुर बजारमा जुवा खेलिरहेको अवस्थामा पाँच जना जुवाडेलाई नगद रकम, मोबाइल र मोटरसाइकलसहित पक्राउ गरेको हो ।

जीतपुर बजारका लालबाबु साहको घरबाट उनीहरूलाई ५० हजार नेपाली रुपैयाँ, तीन थान ठूलो र एक थान सानो मोबाइल, दुई वटा मोटरसाइकल र केही भारतीय रकमसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ का ४० वर्षीय विनोद पञ्जियार र ५२ वर्षीय मोती साह, बाराको जीतपुरका ५५ वर्षीय शिवचन्द्र सहनी, ६० वर्षीय लालबाबु साह र ५० वर्षीय अफताव आलम रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा रहेका पाँच जनामाथि कानुनी कारबाही अगाडी बढाइएको जनाएको छ ।

Related posts

डेढ महिनामा वीरगन्ज महानगरकाे आन्तरिक आम्दानी साढे सात कराेड

MadhesKhabar

चिनियाँ लगानीको विरोधमा वीरगन्जमा प्रदर्शन

MadhesKhabar

पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएका तीन वटै बाघको मृत्यु

MadhesKhabar

Leave a Comment