Madhes Khabar
खेलकुद

विश्वकप क्रिकेटमा फेरि अर्को उल्टाफेर : अफगानिस्तानसंग श्रीलंका ७ विकेटले पराजित

वीरगन्ज,१३कार्तिक: अफगानिस्तानले आइसिसि विश्वकप क्रिकेट-२०२३ मा सोमबार श्रीलंकालाई ७ विकेटले पराजित गर्दै सेमिफाइनल प्रवेशको सम्भावना कायम राखेको छ । यो जितपछि अफगानिस्तानको ६ खेलबाट ६ अंक नै भएको छ ।

श्रीलंका भने चार अंकमै सीमित रह्यो । यो नतिजापछि अफगानिस्तान अंकतालिकाको पाँचौं स्थानमा पनि उक्लियो ।

जितका लागि २ सय ४२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ४५.२ ओभरमा सात विकेट गुमाएर २ सय ४२ रन बनायो । त्यसमा कप्तान हसमतुल्लाह शाहिदीले ५८ र अजमतुल्लाह ओमरजाईले ७३ रन बनाए । दुवै ब्याटर नटआउट रहे र उनीहरूले १ सय ११ रनको साझेदारी गरे । यस्तै रहमत शाहले पनि ६२ रन बनाए ।

त्यसअगाडि पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९.३ ओभरमा सबै विकेट गुमाएर २ सय ४१ रन बनाएको थियो । एक समय दुई विकेट गुमाएर १ सय ३४ रनको स्थितिमा रहेको श्रीलंकाले त्यसपछि लगातार विकेट गुमाएको थियो । ओपनर पथुम निसान्काले सार्वधिक ४६ रन बनाए । अफगान बलर फाजिलहक फारुकिले ३४ रनमा चार विकेट लिए ।

Related posts

कोलकाताका कप्तान श्रेयस ऐयरलाई १९ लाख जरिवाना

MadhesKhabar

नेपाललाई हराउँदै नेदरल्याण्ड्सले जित्यो त्रिदेशीय सिरिजको उपाधि

MadhesKhabar

बेंग्लोरका कप्तानलाई १२ लाख भारु र पन्जाबका कप्तानलाई ’म्याच फी’ को ५० प्रतिशत जरिबाना

MadhesKhabar

Leave a Comment