Madhes Khabar
स्थानिय

वीरगन्जका वडाहरुमा पुगेर मेयर सिंहले कुनै गुनासो नआउने गरि काम गर्न कर्मचारीलाई दिए निर्देशन

वीरगन्ज, १३ कात्तिक:वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सोमबार वडा नंबर २२ को जगरनाथपुर र मनियारीमा स्थानीयसँग भेट गर्दै त्यहाँको समस्या बारे जानकारी लिएका छन् ।

त्यसक्रममा उनले जगरनाथपुरमा आउजाउ गर्न सडकको समस्या रहेकाले यसै आर्थिक वर्षमा सडक निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धतापनि जनाए । यस्तै मुस्लिम समुदायलाई शव अन्त्येष्टिका लागि कबरगाहा निर्माण गर्ने पनि उनले बताए ।नजिकिँदै गरेको छठलाई मध्यनजर गर्दै उनले छठ घाटको निर्माण र सजावट आकर्षक देखिने गरि गर्न पनि निर्देशन दिए ।

महानगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर अवधेश कुशवाहा लगायतको टोली सहित पुगेका मेयर सिंहले महानगरले गर्ने हरेक कार्य गुणस्तरीय रुपमा निर्माण गराउन निरन्तरत अनुगमनमा खट्न पनि इन्जिनियरहरुलाई निर्देशन दिए ।

स्थानीयको कुनै पनि गुनासो नआउने गरि काम गर्न निर्देशन दिँदै उनले तत्काल सडक, कबरगाह र छठघाट निर्माणको काम अघि बढाउने बताए ।

वडा नंबर २२ का वडा अध्यक्ष द्वारिका महतोले आफ्नो वडा वासीको समस्या बुझ्न मेयर आफैँ वडामा आउनुले आफूहरुलाई काम गर्ने हौसला मिलेको बताए ।

यस्तै मेयर सिंहले साेमबारनै मनियारीका स्थानीयसँग पनि भेट गर्दै त्यहाँको समस्याका बारेमा जानकारी लिए ।

Related posts

भोजपुरी भाषामा समाचार बुलेटीन प्रकाशन र प्रसारण गर्ने वीरगन्ज महानगरको घोषणा

MadhesKhabar

वीरगन्जमा १५ लाखकाे प्रतिबन्धित भारतीय आयुर्वेदिक औषधिसहित एक जना पक्राउ 

MadhesKhabar

अनुसन्धानका लागि रवि लामिछानेलाई आज वीरगन्ज ल्याइदै

MadhesKhabar

Leave a Comment