Madhes Khabar
खेलकुद

विश्वकप क्रिकेटमा बंगलादेशमाथि नेदरल्यान्ड्सको सानदार जीत

वीरगन्ज,११कार्तिक: भारतमा जारी आइसिसी विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सले बंगलादेशमाथि ८७ रनको सानदार जित हात पारेको छ ।

 

काेलकतामा शनिबार बेलुकी भएकाे खेलमा जितको लागि २ सय ३० रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश ४२.२ ओभरमा १ सय ४२ रनमा अल आउट भएपछि खेल नेदरल्यान्ड्सले जितेकाे हाे ।

बंगलादेशका मेहेदी हसन मिराजले ४० बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ३५ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ डच टोलीका पाउल भान मीरर्केनले ७.२ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । बास डि लिडले ७ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । अर्यान दत्त, लोगन भान बिक र कोलिन एकरम्यानले एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्ड्स ५० ओभरमा २ सय २९ रनमा अल आउट भएको थियो ।

नेदरल्यान्ड्सकाे जितमा कप्तान स्कट एडवार्ड्सले ८९ बलमा ६ चौकासहित सर्वाधिक ६८ रन बनाए । वेस्ली ब्यारेसीले ४१ बलमा ८ चौकासहित ४१ रन बनाए ।

बंगलादेशका शोरिफुल इस्लाम, तस्किन अहमद, मेहेदी हसन र मुश्ताफिजुर रहमानले समान दुई दुई विकेट लिएका थिए । नेदरल्यान्ड्सले यसअघि दक्षिण अफ्रिकालाई ३८ रनले हराएको थियो । नेदरल्यान्ड्स ६ खेलमा २ मा जित र ४ मा हारसहित ४ अंकका साथ आठौं स्थानमा छ ।

नेदरल्यान्ड्सले अब अफगानिस्तान, इंग्ल्यान्ड र भारतसँग खेल्न बाँकी छ । बंगलादेश ६ खेलमा ५ मा हार र १ मा जितसहित नवौं स्थानमा छ । बंगलादेशले अब पाकिस्तान, श्रीलंका र अष्टेलियासँग खेल्न बाँकी छ ।

दक्षिण अफ्रिका ६ खेलमा ५ मा जित र १ मा हारसहित १० अंकका साथ शीर्षस्थानमा छ । भारत ५ खेलमा १० अंकका साथ नेटरनरेटका कारण दोस्रो स्थानमा छ । समान ६ खेलमा ८-८ अंक भएपनि नेटरनरेटको कारण न्युजिल्यान्ड तेस्रो र अष्ट्रेलिया चौथो स्थानमा छन् ।

Related posts

नेपाल र थाइल्याण्डबीचको अभ्यास खेल वर्षाका कारण रद्द

MadhesKhabar

दिल्लीमाथि काेलकाताकाे सहज जित

MadhesKhabar

नारायणी रंगशालाकाे पुनर्निमाणका लागि खेलकुदमन्त्री चाैधरीले दिए आश्वासन

MadhesKhabar

Leave a Comment