Madhes Khabar
राजनीति

२०८४ को चुनावमा पुराना पार्टीलाई एकै पटक ’बाईबाई’ गर्नुपर्छ : सभापति रवि लामिछाने

काठमाडौं,११कार्तिक : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ सालको चुनावमा सबै राजनीतिक दललाई पराजित गर्ने दाबी गरेका छन् ।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा सभापति लामिछानेले नयाँ दलका रूपमा २१ जना सांसद सदनमा आउँदा समेत कुनै पनि राजनीतिक दलले नागरिकका लागि काम नगरेको बताए । दिनदहाडै हत्या गर्नेहरूलाई संविधान दिवसका दिनमा मुक्ति दिएर नयाँ दल र नागरिकलाई के गर्नसक्छौँ गर भन्ने चुनौती दिएको उनको भनाइ छ । सभापति लामिछानेले आउने चुनावमा पुराना कुनै पनि दललाई एक सिट पनि जित्न नदिने दाबी गरे ।

उनले भने, ‘नयाँ दलका रूपमा २१ जना सांसद सदनमा आएका छन् । पालिकामा एक सय एक होनहार मानिस आएका छन् । तैपनि दिनदहाडै मान्छे काट्नेलाई संविधान दिवसका दिनमा मुक्ति दिएर ल के गर्न सक्छौँ भनेर हामीलाई ठाडै चुनौती दिए । भ्रष्टाचारका फाइल खोल्ने भन्दै तर्सिएर बन्द गरेका छन् । तपाईँहरूको आवाज त्यति सुनिएन भनेर कहिलेकाहीँ केहीले भन्ने गर्नुहुन्छ । चर्को बोल्नुपर्छ भन्नुहुन्छ । कति दरो बोल्ने, के भन्ने ? अब ठूलो स्वर गर्ने, दबाब दिने होइन । २०८४ मा एकै पटक बाईबाई गर्ने, एउटा सिट पनि नदिने । एक/दुई सिट दिनुपर्छ, पुराना पार्टी हुन् भन्ने लाग्छ भने के तपाईँ थप वाइडबडीमा भ्रष्टाचार भएको हेर्न चाहनुहुन्छ ? नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेचेको अझै हेर्न चाहनुहुन्छ ?’

सभापति लामिछानेले नेपालीको सुनौलो भविष्य भन्ने दल र नेताहरूले आफ्ना मानिसका लागि सुनैसुनको महल खडा गरेको बताए ।

Related posts

मधेस प्रदेश प्रमुख मिश्र पदमुक्त,भण्डारीकाे नाम सिफारिस

MadhesKhabar

काँग्रेसको धम्कीपूर्ण निर्देशन– बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निकालिन्छ

MadhesKhabar

मधेसको मुख्यमन्त्री पाएमात्र नयाँ सरकारमा जाने जनमत पार्टीको शर्त

MadhesKhabar

Leave a Comment