Madhes Khabar
मधेस प्रदेश

घर अगाडि घुर तापेर बसेका बेला बसले ठक्कर दिदाँ राैतहटमा एक जनाकाे मृत्यु

रौतहट,१०कार्तिक: रौतहटमा घर अगाडि घुर तापेर बसिरहेका बेला बसले ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

काठमाडौंबाट रौतहटको पिप्राबजारतर्फ जाँदै गरेको ना ६ ख १४६३ नम्बरको बडिगार्ड ट्राभल्स बसले ठक्कर दिदाँ माधवनारायण नरपालिका–६ का ६५ वर्षीय ब्रम्हदेव दास तत्माको घटनास्थलमै मृत्यु भएको हो ।

शुक्रबार बिहान उनीहरु आफ्नै घर अगाडि घुर तापेर बसिरहेका बेला बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

तत्मालाई ठक्कर दिएपछि अनियन्त्रित भएको बस नजिकै रहेको स्थानीयको घरको भित्तामा ठोक्किन पुगेको थियो । त्यसै क्रममा घरधनी फेकु दास र उनकी श्रीमती सुमित्रा देवी घाइते भएको जिल्ला प्रहरी कार्यलय गौरका प्रहरी निरीक्षक उमाशंकर गुप्ताले बताए । ‘जिल्ला प्रहरीमा बसको चालक भनेर एक जना आएका छन्,’ उनले भने, ‘अहिले सोधपुछ भइरहेको छ । चालक हुन वा होइन भन्ने खुलेको छैन । अनुसन्धान भइरहेको छ ।’

घाइते दुवैको गौर अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक गुप्ताले बताए ।साभार:ईकान्तिपुरबाट

Related posts

सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

MadhesKhabar

लुकेर भिडियो बनाउने ससुरामाथि मुद्दा लगाउन धर्नामा बुहारी

MadhesKhabar

राैतहटकाे दलित बस्तीमा विद्युत सर्ट भएर आगलागी हुदाँ २५ घर जलेर नष्ट

MadhesKhabar

Leave a Comment