Madhes Khabar
खेलकुद

कुशल र दीपेन्द्रको विस्फोटक ब्याटिङसँगै नेपालले हङकङलाई दियाे २१४ रनको लक्ष्य

काठमाडौं,४कार्तिक:कुशल मल्ल र दीपेन्द्र सिंहको विस्फोटक ब्याटिङसँगै नेपालले हङकङलाई २१४ रनको लक्ष्य दिएको छ ।

त्रिकोणात्मक टी-२० श्रृंखलाको तेस्रो खेलमा मुलपानी क्रिकेट मैदानमा टस जितेर व्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको हो ।

नेपालको सुरुवात भने राम्रो थिएन । ९ रन जोड्दा पहिलो विकेटका रुपमा कुशल भुर्तेल मात्र २ रनमा आउट भएका थिए । तेस्रो नम्बरमा आएका सोमपाल कामी पनि मात्र ८ रनमै आउट भए । त्यसपछि आसिफ शेख (२०) र कप्तान रोहित पौडेल (११) को विकेट गुमाउँदा नेपालको स्कोर ५५/४ थियो ।

तर, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी शतकीय साझेदारी गरे । दुवैले पाँचौं विकेटका लागि १४५ रनको साझेदारी गरे ।

टी-२० आईमा पाँचौ विकेटका लागि नेपालको यो नै उच्च साझेदारी हो । यसअघि पाँचौ विकेटका लागि रोहित पौडेल र गुल्सन झाले १९औं एसियाडमा माल्दिभ्सविरुद्ध ७० रनको साझेदारी गरेका थिए ।

कीर्तिमानी साझेदारी गर्ने क्रममा मल्ल शतक नजिक पुगे भने ऐरीले अर्धशतक बनाए । ३० बलमा ५० रन पूरा गरेका ऐरी १९औं ओभरको अन्तिम बलमा ५७ रनमा आउट भए । ३४ बलको सामना गरेका उनले दुई छक्का र ६ चौका हानेका थिए ।
मल्ल भने ८ रनले शतक बनाउन चुके । शतकका लागि उनलाई ८ रन चाहिएको थियो र २ बल बाँकी पनि थियो । तर बाउन्ड्री हान्ने प्रयासमा मा उनी आउट भए । ४१ बलको सामना गरेका उनले ९ वटा छक्का र तीन चौकाको मद्दतमा ९२ रन बनाए ।

Related posts

नेपाल थाइल्याण्डसंग ४६ रनले पराजित: ग्लोबल टी–२० छनोटमा पुग्न असफल

MadhesKhabar

एसिया कपको सुपर चारमा आज भारत र पाकिस्तान भिड्दै

MadhesKhabar

विश्व क्रिकेटको ईतिहासमा पहिलो पटक श्रीलंकासंग खेल्दै नेपाल

MadhesKhabar

Leave a Comment