Madhes Khabar
खेलकुद

नेपाल थाइल्याण्डसंग ४६ रनले पराजित: ग्लोबल टी–२० छनोटमा पुग्न असफल

काठमाडाैं,२२ भदाैं: आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा नेपाल थाइल्यान्डसँग ४६ रनले पराजित भएको छ । यो हारसँगै नेपाल विश्व कपको ग्लोबल टी–२० छनोटमा पुग्न असफल भएको छ ।

जितसँगै थाइल्यान्ड फाइनलमा पुगेको छ भने उसले ग्लोबल छनोटमा स्थान बनाएको छ ।

मलेसियाको बाङ्गीमा शुक्रबार भएकाे खेलमा थाइल्यान्डले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर ३ बलमा ५९ रनमा अलआउट भयो ।

नेपालकी कविता कुँवरले अविजित १७ रन बनाइन् । कविता जोशी र अप्सरी बेगमले समान १०/१० रन जोडे । अन्य नेपाली खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो ।

थाइल्यान्डका नानपाट खोन्चारोएनकाईले ६३ बलमा अविजित ५९ रनको अर्धशतकीय पारी खेलिन् । नट्थाकन चान्थम्ले ४५ बलमा ३१ रन बनाइन् । नेपालका कविता कुँवर र पूजा महतोले समान एक/एक विकेट लिए ।

शुक्रबार नै भएको अर्को खेलमा यूएईले हङकङलाई ५७ रनले हराएर फाइनलमा पुगेको छ ।

प्रतियोगिताको उपाधिका लागि शनिबार यूएई र थाइल्यान्डबीच खेल हुनेछ । यी दुवै टोली ग्लोबल टी–२० छनोटमा पुगेका छन् । सन् २०१३ देखि शुरु भएको ग्लोबल छनोटमा एसिया क्षेत्रबाट थाइल्यान्ड र यूएईले खेल्दै आएका छन् ।

Related posts

विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्ने पक्का

MadhesKhabar

फिफा वर्ष खेलाडीको अवार्ड लियोनल मेस्सीलाई

MadhesKhabar

वीरगन्जका प्रकाश शर्मा काठमाडौं गोर्खाजको सहायक प्रशिक्षकमा नियुक्त

MadhesKhabar

Leave a Comment