Madhes Khabar
राष्ट्रिय

नेपाल प्रहरीको इन्सपेक्टर र असईमा भर्ना खुल्यो

काठमाडौं,३कार्तिक: नेपाल प्रहरीमा साढे ३ सय भन्दा बढी संख्यामा भर्ना खुलेको छ । प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा ९६ जना र प्रहरी सहायक निरीक्षक (असई) पदमा २ सय ६० जनाका लागि भर्ना खुलेको हो ।

दरखास्त फारम दर्ता मिति कात्तिक १९ गतेदेखि मंसिर २९ गतेसम्म तोकिएको छ । प्रहरी निरीक्षक पदको हकमा अनलाइनमार्फत् र प्रहरी सहायक निरीक्षक पदको हकमा सार्वजनिक बिदाको दिनबाहेक कार्यालय समयभित्र दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालय नक्शालले शुक्रबार निकालेको सूचनामा उल्लेख छ ।

प्रहरी निरीक्षक पदका लागि १ हजार २ सय रुपैयाँ राजश्व बुझाउनुपर्ने छ । तर एकभन्दा बढी समूहमा दरखास्त दिँदा प्रत्येक समूहको २० प्रतिशत (२४० रुपैयाँ) थप दस्तुर लाग्ने छ ।
प्रहरी सहायक निरीक्षक पदमा ५ सय रुपैयाँ राजश्व बुझाउनुपर्ने छ । साथै एकभन्दा बढी समूहमा दरखास्त दिँदा प्रत्येक समूहका लागि २० प्रतिशत (१०० रुपैयाँ)को दरले थप दस्तुर लाग्ने सूचनामा उल्लेख छ ।

प्रहरी निरीक्षक पदका लागि २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने छ भने प्रहरी सहायक निरीक्षक पदका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्ने छ ।

प्रहरी निरीक्षक पदमा दरखास्त दिने उम्मेदवार स्नातक उत्तीर्ण हुनुपर्ने र प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवार प्रमाणपत्र वा सो सरह उत्तीर्णय हुनुपर्ने गरी शैक्षिक योग्यता तोकिएको छ ।साभार:अनलाइनखबरबाट

Related posts

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढ्यो

MadhesKhabar

ग्याससहित इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता

MadhesKhabar

रवि लामिछाने गृहमन्त्री हुदाँ भिजिट भिसामा ८ हजार २७९ भारतीय नागरिक तेस्रो मुलुक गएको खुलासा

MadhesKhabar

Leave a Comment