वीरगन्ज,१ कार्तिक : मंगलबार र सोमबार घटेको सुनको मूल्य आज बुधबार फेरि बढेको छ ।आज तोलामा एक हजार तीन सय रुपैयाँले बढेर सुन एक लाख १३ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार हिजो सुनको भाउ तोलामा एक लाख ११ हजार ९ सय रुपैयाँ थियो ।यस्तै आज चाँदीको पनि भाउ बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी तोलाको एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

